एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्दै

काठमाडौं : काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज चौंथो चरणको अन्तिम एक खेल हुँदैछ। आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्नेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको बुटवल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा छ। जारी प्रतियोगिताको एक मात्र अपराजित टोली बुटवलले सुरुवाती तीन मध्ये २ खेलमा बराबरी र एक खेलमा जितको नतिजा हात पारेको थियो।

४ अंकमा तालिकाको पाँचौं स्थान रहेको काठमाडौं पनि आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न चाहन्छ। यसअघि हिजो भएको खेलमा एफसी चितवनलाई २–० ले हराउँदै विराटनगर सिटी एफसी तालिकाको शीर्ष स्थानमा पुगेको हो।

एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्दै

प्रतापको स्वरमा ‘सास’

एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्दै

इन्डियन प्रिमियर लिग : जो ९९ रनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *