चलचित्र कलाकार श्रमिक संगठनमा नयाँ नेतृत्व

काठमाडौं  । नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनमा नयाँ नेतृत्व चयन भएको छ । संगठनको पाँचौ अधिवेशनबाट खगेन्द्र प्याकुरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

भौतिक दुरी कायम गर्दै आयोजना गरिएको अधिवेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा ऋषिराज आचार्य,महिला उपाध्यक्षमा सरिता भारती,संगठन उपाध्यक्षमा दयाराम घिमिरे र कार्यक्रम उपाध्यक्षमा सुवास बुढाथोकीलाई चयन गरेको छ ।

त्यस्तै, महासचिवमा राजन थापा,सचिवमा प्रदिप वास्तोला,सह–सचिवमा सुरेशकुमार राउत,कोषाध्यक्षमा कमला कुमारी जोशी,सहकोषाध्यक्षमा प्रवण भुसाल चयन भएका छन् । प्रवक्तामा कल्याण अधिकारी चयन भएका छन् भने केन्द्रीय सदस्यमा डेविल सिंह राजपुत,तुलसा कटुवाल,साक्षी लम्साल,सुष्मा देवकोटा,गोपाल ढकाल,प्रेम पाण्डे,केन्द्रिय सदस्य कृष्ण भट्टराई छानिएका छन् ।

वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला र सञ्चारकर्मी शान्ति प्रियलाई संगठनले मानार्थ सदस्यता समेत प्रदान गरिएको कार्यक्रममा राष्ट्रगानका रचनाकार व्याकुल माइला,चलचित्र निर्देशक माधवराज खरेल,अभिनेता श्रीदेव भट्टराई,डब्बु क्षेत्री लगायतको उपस्थिति थियो ।

चलचित्र कलाकार श्रमिक संगठनमा नयाँ नेतृत्व

‘न्यूड’ भएर लाइभ आइन् अभिनेत्री गहना वशिष्ठ

चलचित्र कलाकार श्रमिक संगठनमा नयाँ नेतृत्व

YUGAAWHAN NATIONAL DAILY (2078-04-20)

Leave a comment

Your email address will not be published. Required fields are marked *