कर्णालीका १४० युवा ‘ठग्ने’ विजय शाहीलाई प्रदेश सरकारको २ लाख पुरस्कार दियाे

सुर्खेत । तीन घण्टा पद्यासन गर्ने, अंग्रेजी र नेपाली ‘फर्मुला’ मार्फत आफू जस्तै सीप सिकाउने भन्दै कर्णालीका एकसय ४० भन्दा बढी युवाबाट सात लाख भन्दा बढी ठगी गर्ने कालिकोटका विजय शाहीलाई कर्णाली प्रदेश सरकारले पुरस्कार दिएको खुलेको छ ।

कर्णाली प्रदेश सरकारले मेमोरी किङ भएको बताउँदै मन्त्री परिषदको वैठकमा निर्णय गरेर नै २ लाख रुपैयाँ पुरस्कार दिएको थियो । पछिल्लो समयमा बढेको आलोचनापछि आफ्नै मृत्युको अफवाह फैलाएका शाहीलाई कर्णाली प्रदेश सरकारले २०७७ साल फागुन पाँच गते सोमबार बसेको वैठकले २ लाख रुपैंया पुरस्कार दिने निर्णय गरेको थियो । सो पुरस्कार उनले फागुनमै लगिसकेका छन् ।

‘उतिबेला विजय शाहीको देशैभरी हाइ हाई थियो । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेम सिंह पनि विजयका नातेदार भएका कारण उनलाई पुरस्कार पाउन सजिलो भएको थियो,’ मुख्यमन्त्री कार्यालय स्रोत भन्छ, ‘विभिन्न मिडियामा आएका समाचारले पनि मुख्यमन्त्री शाहीको ध्यान तानेको हो ।’

पुरस्कार दिने उक्त निर्णयमा भनिएको छ, ‘३ फेव्रुअरी २०२० मा च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डस अन्तर्गत च्याम्पियन अफ हुमन एचिभमेन्ट मेमोरीमा रेकर्ड कायम गर्ने महावै गाउँपालिका वडा नम्बर पाँच कालिकोट निवासी विजय शाहीलाई पुरस्कार रकम २ लाख उपलब्ध गराउने ।’

कर्णालीका १४० युवा ‘ठग्ने’ विजय शाहीलाई प्रदेश सरकारको २ लाख पुरस्कार दियाे

YUGAAWHAN NATIONAL DAILY (2078-04-18)

कर्णालीका १४० युवा ‘ठग्ने’ विजय शाहीलाई प्रदेश सरकारको २ लाख पुरस्कार दियाे

सुर्खेतका स्थानीय तहसम्मै पुग्यो कोरोना विरुद्धको खोप

Leave a comment

Your email address will not be published. Required fields are marked *