सुर्खेतमा मृत शिशुको जन्म भएकाे ९ दिनपछि आमाको पनि मृत्यु

सुर्खेत । सुर्खेतको गुर्भाकोटमा २१ वर्षीया एक सुत्केरीको ज्यान गएको छ ।

गुर्भाकोट नगरपालिका–४ की विनिता विकको प्रसूतिसम्बन्धी जटिलताका कारण शनिबार ज्यान गएको हो । सुत्केरी बेथा लागेपछि विनिताको परिवारले स्वास्थ्यचौकी लगेका थिए ।

त्यहाँबाट उनलाई कर्णाली प्रदेश अस्पताल रेफर गरियो । प्रदेश अस्पतालमा उनले मृत बच्चालाई जन्म दिइन् । बच्चा जन्मिएको नौ दिनपछि विनिताको पनि ज्यान गएको गुर्भाकोटका स्थानीय किरण वलीले जानकारी दिए ।

                            आर्थिक अवस्था कमजोर भएका कारण मृतकका परिवारलाई सहयोग गर्दै स्थानीय किरण वलीसहित स्थानीय ।

विनिताको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण वलीले समन्वय गरेर आर्थिक सहयोग जुटाएका छन् । ‘मृतकपरिवारको आर्थिक अवस्था दयनीय भएका कारण हामीले सहयोगका लागि गाउँमा आर्थिक संकलन गरिदिएका छौँ,’ उनले भने, ‘परिवारमा दाहसंस्कार र अन्य कर्म गर्नको लागि समेत समस्या भएकाले आर्थिक संकलन गरी परिवारलाई बुझाएका छाैँ ।

‘आज १२ हजार रुपैयाँ बुझाएका छौ ।’ आर्थिक अवस्था कमजोर भएका कारण मृतकका परिवारलाई सहयोग गर्दै स्थानीय किरण वलीसहित स्थानीय ।

लक्ष्मी भण्डारी/इकागज 

सुर्खेतमा मृत शिशुको जन्म भएकाे ९ दिनपछि आमाको पनि मृत्यु

परीक्षा बिग्रिएको भन्दै सुर्खेत पञ्चपुरीकी एक युवतीले

सुर्खेतमा मृत शिशुको जन्म भएकाे ९ दिनपछि आमाको पनि मृत्यु

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *