लेवनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

एजेन्सी । लेवनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ।

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ।

‘खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन। खाद्य अभावको समस्या नराम्रो अवस्थामा छ। यसले बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य विकासमा समेत समस्या उत्पन्न गराएको छ’, लेवनानका लागि युनिसेफका प्रतिनिधि युकेइ मोकौले भने।

‘लेवनानका दश मध्ये एक बालबालिका काममा जाने परेको पनि पाइएको छ। कुल ४० प्रतिशत बालबालिकाको परिवारजनको रोजगारी छैन।

ती मध्ये ७७ प्रतिशत परिवारले कुनै पनि सामाजिक तथा सरकारी सेवा सुविधा तथा राहत पाएका छैनन्’, युनिसेफको प्रतिवेदनमा उल्लेख छ। लेवनानका कुल १५ प्रतिशत परिवारले उनीहरुका बालबालिकाको पढाई रोकिदिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

लेवनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

विश्वका एक चौथाई जनसंख्यालाई अझै पनि सफा

लेवनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

सुखा पहिरोले अवरुद्ध कर्णाली करिडोर खुला

Leave a comment

Your email address will not be published. Required fields are marked *