बाढीपहिरोका कारण देशभर कहाँ कहाँ छन् सडक अवरोध ?

काठमाडौं । अविरल वर्षाको कारण विभिन्न क्षेत्रमा बाढी पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ। ललितपुरको गोदावरी नगरपालिका-६ टिकाभैरवस्थित भैँसे खोलामा अविरल वर्षाको कारण बिहीबार बिहान पहिरो जाँदा कान्ती लोकपथ अवरोध भएको छ।

मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाटस्थित झापा मोरङ जोड्ने रतुवा खोलामा बनाएको पुल बिहीबार साँझ पानीले माटो कटान गर्दा सवारी आवागमनमा अवरोध भएको छ।

यसैगरी, नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-१० भैसाखोरीस्थित पूर्वपश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सन अविरल वर्षाको कारण पानी भरिन गई बिहीबार बिहान भत्किँदा राजमार्ग अवरोध भएको छ।

यसैगरी, चितवनको इच्छाकामना गाउँपालिका-६ नारायणगढ-मुग्लिन सडकको चारकिलो र पाँचकिलो भन्ने स्थानमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ।

त्यस्तै इच्छाकामना गाउँपालिकाकै-७ हरिपुर खोलास्थित जखडीमाई-सिमलधाप जोड्ने निर्माणाधिन पक्की पुल अविरल वर्षाको कारण बिहीबार दिउँसो आएको बाढीले बगाउँदा पूर्णरुपमा क्षति भएको छ ।

यस्तै, बाजुरा, बुढीगंगा नगरपालिका-२ ताप्रीसेरा देखी सोही नगरपालिका-६ बार्जुगार्डसम्म विभिन्न स्थानमा बिहीबार बिहान पहिरो जाँदा साँफे-मार्तडी सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण अवरोध भएको सडक खुलाउन नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक पहल गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

बाढीपहिरोका कारण देशभर कहाँ कहाँ छन् सडक अवरोध ?

आइपिओ खुलेको दुई दिनमा ३९ गुणा बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *