बाख्रा पालन पकेट क्षेत्र घाेषणाका लागि ५० घरधुरीलाई बाख्रा वितरण

दुर्गा विसि

सल्यान । सल्यानकाे बनगाड कुपिण्डे वडा,८ र ९ का ५० घरधुरी किसानलाई उन्नत जातकाे बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि अाधुनिकीकरण परियाेजना अन्तर्गत बाख्रा पकेट बिकास कार्यक्रम अन्तर्गत वडा नं ८ र ९ का ५० जना किसानलाई बाख्रा वितरण गरिएको छ ।

५० घरधुरि किसान लाई ५० वटा बाख्रा र ५ वटा बाेयर बाेका बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गाेबिन्द कुमार पुन र ८ नं वडा अध्यक्ष कुल बहादुर पुरिले किसानलाई वितरण उक्त बाख्रा वितरण गरेका थिए ।कुपिण्डे ताल साना किसान कृषि सहकारी संस्थाका सेर सदस्य हरुलाई मात्रै ती बाख्रा वितरण गरिएको पशु स्वास्थ्य शाखा प्रमुख विनराम विसिले बताए ।

बाख्रा पालन पकेट क्षेत्र घाेषणाका लागि ती वडाहरुमा बाख्रा वितरण गरिएको जनाएको छ ।बाख्रा वितरण गर्दै नगर प्रमुख पुनले किसानकाे आयाआर्जनमा यसले पक्कै राम्रो भुमिका खेल्ने जनाएको छ ।त्यहाँका सबै किसानलाई बाख्रा व्यवसायी तर्फ उन्मुख हुन उनको जाेड थियो । किसानलाई आवश्यक पर्ने प्राविधिक सहयोगमा नगरले सहजिकरण गर्ने जनाएको थियो ।

केही दिन अघि मात्रै त्यहाँका किसानले बाख्रा राम्रो नभएको भन्दै बाख्रा लिन अस्विकार गरेका थिए ।तर याे पटक भने पुनः राम्रो जातकाे बाख्रा आए पछि बाख्रा लिन इच्छुक भएको वताएकाे छ ।सहकारी सदस्यमा आवद्द किसानलाई बाख्रा वितरण गरिएको थियो ।

बाख्रा पालन पकेट क्षेत्र घाेषणाका लागि ५० घरधुरीलाई बाख्रा वितरण

रुकुमपश्चिममा ६० प्रतिशत धान रोपाई सकियाे

बाख्रा पालन पकेट क्षेत्र घाेषणाका लागि ५० घरधुरीलाई बाख्रा वितरण

आइपिओ खुलेको दुई दिनमा ३९ गुणा बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *