सालकोटमा विशेषज्ञ सेवा

सुर्खेत । सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । सानो उपचारका लागि पनि सदरमुकाम वीरेन्द्रनगर धाउनुपर्ने बाध्यतामा रहेका यहाँका नागरिकहरुका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले तत्कालका लागि पाक्षिक रुपमा विशेषज्ञ सेवा सुरु गरेको हो ।

सालकोट प्राथमिक स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा सुरु भएसँगै बराहताल, पञ्चपुरी, चौकुनै गाउँपालिकालगायत अछाम, कैलाली र दैलेखका केही बासिन्दाहरु लाभान्वित भएका छन् । साउनसम्म पाक्षिक र भदौदेखि साप्ताहिक सेवा सुरु गर्ने लक्ष्य मन्त्रालयको छ ।

पहिलो पटक हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. पदम गिरी र डा. रवीन केसीले पश्चिम क्षेत्रका नागरिकहरुलाई निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गराएका थिए । ‘एकैदिन ५५ जना स्थानीयको चेकजाँच ग¥यौं,’ डा. पदम गिरीले भने, ‘अधिकांसमा हड्डी र नसाको समस्या देखियो ।’

विशेषज्ञ स्वास्थ्य शिविरमा आएका बिरामीहरुलाई एक्सरे, ल्यावसहितका सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीमै उपलब्ध जनशक्तिबाटै गाउँ–घरमै स्वास्थ्य शिविहरु सञ्चालन गरिने बताए ।

सालकोटमा विशेषज्ञ सेवा

YUGAAWHAN NATIONAL DAILY (2078-03-18)

सालकोटमा विशेषज्ञ सेवा

सतर्कता अपनाउन आग्रह

Leave a comment

Your email address will not be published. Required fields are marked *