भारतमा देखिएका कोरोना भाइरसकाे नाम ‘कप्पा’ र ‘डेल्टा’

एजेन्सी  । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण गरेको छ। कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गरेको हो। डब्लुएचओले अल्फाबेटका आधारमा संसारमा भेटिएका नयाँ भेरियन्टको नाम दिएको हो।

भारतमा पहिलोपटक भेटिएको भाइरस बी १‍.६१७. २ भेरियन्टलाई डेल्टा नाम दिइएको छ भने अर्को भेरियन्ट बी १.६१७.१ लाई कप्पा नाम दिइएको छ। कोरोनाका यी भेरियन्टको पुष्टि सबैभन्दा पहिले गत अक्टोबरमा भारतमा भएको थियो।

यसअघि भारतीय भेरियन्ट भनेकोमा भारतले आपत्ति जनाएको थियो।बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा नाम दिएको हो। यस्तै ब्राजिलमा भेटिएको भाइरको नाम गामा र अमेरिकामा भेटिएको भाइरसको नाम इप्सिलियन राखिएको छ। यस्तै फिलिपिन्समा देखिएको भाइरसको नाम थिटा राखिएको छ।

चर्चा परिचर्चालाई सहज बनाउन तथा नामसँग जोडिएर आउने कलंक वा धब्बा हटाउनका लागि नयाँ नामकरण प्रणालीको व्यवस्था गरिएको डब्लुएचओको भनाइ छ ।

भारतमा देखिएका कोरोना भाइरसकाे नाम ‘कप्पा’ र ‘डेल्टा’

ताइपेईविरुद्ध जित निकाल्दै एसिया कप छनोट बलियो

भारतमा देखिएका कोरोना भाइरसकाे नाम ‘कप्पा’ र ‘डेल्टा’

कोरोनाको तेस्रो लहर आउन सक्ने बेलायतको आँकलन

Leave a comment

Your email address will not be published. Required fields are marked *