२०८३ आश्विन १८ गते
×

Now Playing

ताइपेईविरुद्ध जित निकाल्दै एसिया कप छनोट बलियो बनाउने आस

विश्वकप छनोटअन्तर्गत नेपालले बिहीबार चाइनिज ताइपेईविरुद्धको प्रतिस्पर्धा गर्दै छ। कोरोना कहरअघि अवे गेम खेलेको नेपालले होम गेम अन्तर्गत ताइपेईविरुद्ध न्युट्रल भेन्यु कुवेतमा प्रतिस्पर्धा गर्न लागेको हो। वरीयता क्रम हेर्ने हो भने नेपाल भन्दा ३० स्थान माथिको टोली ताइपेई हो।

तर हेड टु हेडको नतिजा नेपालको पक्षमा छ। दुई भेटमा नेपाल १ जित र १ बराबरीको नतिजा निकाल्दै बलियो अवस्थामा छ। पहिलो पटक ६ जुन २०१९ मा यी २ टोली मैत्रीपूर्ण खेलका लागि प्रतिस्पर्धा गरेका थिए। पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा अभिषेक रिजालले ६९ औ मिनेटमा हेडर गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

३ महिना नबित्दै नेपालले विश्वकप छनोटअन्तर्गत गत ताइपेईकै मैदानमा २–० को जित निकाल्यो। समूहको एक मात्रै जितमा नेपालका लागि अन्जन विष्टले दुवै गोल गरे।तेस्रो  भेटमा समेत जित निकाल्दै नेपाल एसिया कप छनौट बलियो बनाउन चाहन्छ। दुबै टोलीले समूहको शीर्ष स्थानमा रहँदै विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेका छन्।

विश्व कप छनोटमा अघिल्लो चरण पुग्ने नेपालको गणितीय सम्भावना त जीवित छ। तर प्रतिद्वन्द्वी टोलीको इतिहास र उनीहरुविरुद्ध नेपालको प्रदर्शनलाई हेर्दा अघिल्लो चरण पुग्ने सम्भावनामा धेरैलाई आशा छैन।

नेपाल समूह चरणमा ३ अंकसहित चौथो स्थानमा छ। अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ। नेपाल भन्दा पछि रहेको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन। प्रिम्याच कन्फ्रेन्समा बोल्दै दुवै टोलीका प्रशिक्षकले मौसमका कारण खेल्न असहज हुने बताए।‘ कुवेतको मौसममा खेल्न सजिलो छैन र यो हामी दुवैलाई गाह्रो हुनेछ’।

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने। हारका बाबजुद इराक विरुद्धको मैत्रीपूर्ण खेलबाट धेरै सकारात्मक पक्षहरु प्राप्त गरेको बताउँदै प्रशिक्षक अल्मुताइरीले चाइनिज ताइपेईविरुद्ध जित निकाल्ने बताए।

‘हामी एएफसी एसियाकप क्वालिफायर हाम्रो लागि अवसर हो। चौथो स्थान प्राप्त गर्न चाहन्छौ र त्यसको लागि हामीले भोलीको खेलमा जित निकाल्नुपर्नेछ।’ उनले भने, ‘ हामीले धेरै मैत्रीपूर्ण खेल पाएनौं। हामीसँग युवा टिम छ तर प्रतिभावान टिम र खेलाडी छन्। उनीहरुलाई हामीले जोड दिनुपर्छ।’ ताइपेईका प्रशिक्षक वोम का–एनहमले पनि कुवेतको तातो मौसमबारे दोहोर्‍याए। ‘हामी मौसमको स्थितिमा अनुकूल हुन कठिनाइ भोगिरहेका छौं र हाम्रो सबैभन्दा ठूलो चुनौती मौसम हो।’

ताइपेईविरुद्ध जित निकाल्दै एसिया कप छनोट बलियो बनाउने आस

भारतमा देखिएका कोरोना भाइरसकाे नाम ‘कप्पा’ र

Leave a comment

Your email address will not be published. Required fields are marked *