‘जंकफूड’ले बालबालिकालाई कुपोषित बनायोः प्रमुख सिग्देल


सुर्खेत, २० माघ ।
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले कर्णालीमा जंकफूडको प्रयोगका कारण बालबालिकामा कुपोषण बढाएको बताएका छन् । बहुक्षेत्रीय पोषण योजना–२, बहु सहभागितामूलक योजना तर्जुमा तथा कार्यान्वयन परियोजनाद्वारा आयोजना गरिएको गोष्ठीलाई सम्वोधन गर्दै उनले कर्णालीमा जंक फूडको जथाभावी प्रयोगमा नियन्त्रण गर्न परिवार लाग्नुपर्ने बताए । ‘हामीसँग पर्याप्त पौष्टिकतत्वले भरिपूर्ण खाद्यान्न छन् । तिनको प्रयोग गर्न अझै जानेका छैनौं ।’ उनले भने, ‘हामी सजिलो भएका कारण छोराछोरीलाई चाउचाउ विस्कुटजस्ता जंकफुड दिने गरेका छौं । अब यसका बारेमा जनस्तरमा जनचेतना जगाउन आवश्यक छ ।’ उनले वासी खाना खाने, खानामा आवश्यक तत्वलाई नमिलाएरै एकै खालको खाना खाने गर्नाले कुपोषणमा वृद्धि भइरहेको बताए ।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हाल पुडकोपना हुनेको संख्या ४७.८ प्रतिशत रहेको छ । बरिष्ठ नर्सिंग अधिकृत मानकुमारी गुरुङ्गका अनुसार कर्णालीमा १७.६ प्रतिशतमा ख्याउटेपना देखिएको, ३७.४ प्रतिशत बालबालिकामा कम तौल भएको र ४८ प्रतिशत सुत्केरी आमा तथा बच्चामा रक्तअल्पता देखिने गरेको तथ्यांक मन्त्रालयसँग रहेको जानकारी दिईन ।
यसैबीच, स्याफ्रन नेपाल नामक संस्थाले लकडाउनको समयमा क्वारेन्टाईनमा बसेका नागरिकलाई विभिन्न बस्तु उपलब्ध गराएको बताएको छ । ‘हामीले सुर्खेतका बराहताल र चिंगाड गाउँ पालिकाका विभिन्न स्थानमा पाँच हजार सात सय दश प्याकेट सर्वोत्तम पिठो, दुइ हजार ८१५ प्याकेट मिक्स गेडागुडी, १६ हजार भन्दा बढि मास्क, ४८ वटा पौष्टिकता सम्वन्धी व्यानर, लेफलिट ४ हजार १५० पिस उपलब्ध गराएका छौं ।’ उनले भने, ‘यसका अलावा पौष्टिक आहारबारेमा नागरिकलाई जनचेतना जगाउने काम गरेका छौं ।’

 

‘जंकफूड’ले बालबालिकालाई कुपोषित बनायोः प्रमुख सिग्देल

ईलाका सल्लिले जफत गर्याे राजश्व छलिकाे सामान

‘जंकफूड’ले बालबालिकालाई कुपोषित बनायोः प्रमुख सिग्देल

जनमैत्री कानून निर्माणमा तीव्रता दियौंः सभामुख शाही

Leave a comment

Your email address will not be published. Required fields are marked *