जनमैत्री कानून निर्माणमा तीव्रता दियौंः सभामुख शाही


सुर्खेत, २० माघ ।
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले कर्णालीका जनताको चाहना बमोजिमको जनमैत्री कानून निर्माणका लागि प्रदेश सभाले तीव्रता दिएको बताएका छन् । प्रदेशसभाको दोश्रो उत्सवका अवसरमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले प्रदेश सभामा आएका विधेयकलाई जनतामाझ लिने अभ्यास प्रतिनिधिसभाले प्रदेश सभामार्फत सिकेको दाबी गरेका छन् । हामीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विधेयकलाई कर्णालीका विभिन्न जिल्लामा लियौं, जनताको राय लियौं र त्यहि अनुसारको ऐन निर्माण गरेका छौं ।’ उनले भने, ‘सकेसम्म प्रदेश सभालाई खुला सांसदको रुपमा विकास गर्न हामी लागेका छौं । प्रदेश सभमा जनताको पहुाच बढाउन हामीले विभिन्न प्रयास गर्दै आइरहेका छौं ।’

माघ २१ गते दिउसो आयोजना गरिएको दोश्रो वार्षिकोत्सव समारोहको पूर्वै सन्ध्यामा प्रदेश सभाले विभिन्न कार्यक्रमको आयोजना गरेको उपचिव तेजप्रकाश जोशीले बताए । उनका अनुसार व्याडमिन्टन प्रतियोगिता, कुर्सी दौड र घैंटो फोडने खेलको आयोजना गरिएको छ । व्याडमिन्टन प्रतियोगितामा प्रथम गणेश प्रसाद देवकोटा र झुपलाल ढकाल, द्वितिय पदम प्रसाद चालिसे र फुन्जोक लामा, तृतिय नृप बहादुर रावल, हरि बहादुर बुढा र तृतिय कृष्ण बहादुर बोहोरा र राम बहादुर थापाको टिम विजयी बनेको छ ।

यस्तै, कुर्सी दौडमा चन्दन विसी र घैंटो फोडमा हरिराम थारु विजयी बनेका छन् ।
माघ २१ गते दिउसो प्रदेश सभा परिसरमा आयोजना गर्न लागिएको दोश्रो वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सभा सचिव जीवराम बुढाथोकीले बताए । उनका अनुसार माघ २१ गते प्रदेश प्रमुख गोविन्द कलौनीको प्रमुख आतिथ्यतामा उत्सव सम्पन्न हुनेछ ।

 

जनमैत्री कानून निर्माणमा तीव्रता दियौंः सभामुख शाही

बाँध निर्माणका लागि अरुणको पानी सुरुङमा

Leave a comment

Your email address will not be published. Required fields are marked *