चीनमा थप ५५ जनालाई ‘डेल्टा भेरिएन्ट’ संक्रमण

एजेन्सी । चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ। चीनमा पछिल्ला दिनहरूमा विश्वका अन्य मुलुकमा जस्तै कोभिड–१९ को नयाँ प्रकार ‘डेल्टा भेरिएन्ट’ बाट सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि भइरहेको पाइएको छ।

थप सङ्क्रमितमध्ये ३० व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने अन्य विदेशबाट आएका यात्रुमा भेटिएको हो।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुुमा १९, हुनानमा छ, चोङकिङमा दुई र लियोनिङ, फुजियान र सिचुआनमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको चीनको राष्ट्रिय सञ्चार माध्यम ‘चाइना डेली’ले जनाएको छ।

चिनियाँ अधिकारीहरूले २५ सङ्क्रमित विदेशबाट आउने व्यक्तिमा भेटिएको जनाएका छन्। यसमध्ये नौ युनानमा, आठ शाङ्घाईमा, तीन तियानजिनमा, झेजियाङ र फुजियानमा चार र एउटा ग्वाङ्गडोङमा सङ्क्रमित रहेका छन्।

ग्लोबल टाइम्सका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङको विमानस्थलबाट कोभिड–१९ सङ्क्रमितका बिरामीहरू भेटिएका थिए। नानजिङमा जुलाई २० मा पहिलो सङ्क्रमित भेटिएपछि अहिलेसम्म १८४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

चीनमा थप ५५ जनालाई ‘डेल्टा भेरिएन्ट’ संक्रमण

विश्वमा एकै दिन पाँच लाख २८ हजारमा

चीनमा थप ५५ जनालाई ‘डेल्टा भेरिएन्ट’ संक्रमण

अफगानिस्तानमा घण्टा घण्टामा युद्ध २० वर्ष यताकै

Leave a comment

Your email address will not be published. Required fields are marked *