अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन

एजेन्सी । अमेरिकाका पूर्व रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ ।
उनको परिवारले न्यूमेक्सिकोस्थित निवासमा उनको मृत्यु भएको विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। रम्सफेल्डलाई इराक युद्धका मुख्य डिजाइनरको रुपमा अमेरिकामा चिनिन्छ ।
उनले आफ्नो युवा अवस्थामा र बढी उमेरको अमेरिकाको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि जर्ज डब्लु बुसको राष्ट्रपतिकालमा उनी रक्षामन्त्री बनेका थिए ।
२००१ देखि २००६ सम्म रक्षामन्त्री बनेका रम्सफेल्डले असमझदारी बढेपछि राजीनामा दिएका थिए।






