मानविय हुलनै कोरोना संक्रमणको जोखिम नगर प्रमुख

प्रभुराम पाण्डे
कालीकोट, १४ भदौं ।
जिल्ला सदरमुकामसहित जोडिएको खाँडाचक्र नगरपालिका प्रमुख जशीप्रसाद पाण्डेले मानविय हुललाई रोक्न नसक्नु नै कोरोना संक्रमण नियन्त्रणको बाधक भएको बताउनुभयो । मानिस आफू सचेत नभए कोरना भाइरस कोभिड–१९ निकै भयावहक रुपमा समुदायमा फैलिन सक्ने संकेत देखिन्छ । व्यक्तिगत सरसफाईदेखि सामाजिक सरसफाई खानपिनमा पनि निकै ध्यान दिनुपर्ने जानकारी दिनुभएको छ ।
त्यस्तै छिमेकी जिल्ला जुम्लाको हिमा गाउँपालिकामा ब्यापक रुपमा देखा परेको कोरोना संक्रमण कालीकोटको तिलागुफा नगरपालिका हुँदै खाँडाचक्र नगरपालिकासम्म फैलिन सक्ने खतरा रहेको बताउनुभयो । उहाँले वजार क्षेत्र भएकाले मानविय हुललाई नियन्त्रण गर्न नसक्नु, सिमा जोडिएका जिल्ला तथा स्थानीय तहका नागरिक आफै सचेत भएमात्र सम्भव भएको भन्दै सबै भन्दा कोरोना नियन्त्रणको चुनौती मानविय कारण भएको बताउनुभयो ।
उहाँले प्रहरीको समेत निर्देशन नमान्ने लुकिछिपी एकदेखि अर्को ठाउँमा आउजाउ गरिरहने, धार्मिक मेला रातारात सञ्चालन गरिरहने समाजका कारणले स्थानीय सरकारलाई कोरोना नियन्त्रण गर्न कठिन भएको गुनासो गर्नुभयो । बल प्रयोग कसलाई गर्नु सबै पढेलेखेका बुद्धिजिवी छन् ।
उनीहरुले आफै थाह पाउनु पर्ने हो । तर बुझेर पनि नबुझे झै गरेकाले समस्या भएको बताउनुभयो । रास्कोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रसाद आचार्यले नेपाल भन्दा बाहिरबाट आएका नागरिकका कारणले समुदायमा कोरोनाको जोखिम बढ्ने खतरा रहेकाले नियन्त्रणका लागि स्थानीय सरकारलाई समस्या भएको बताउनुभयो ।
क्यारेन्टाईन्मा राखेका नागरिकको भरपर्दाे परिक्षण नभएकाले उनीहरु गाउँमा जाने र सबैसंग लसपस हुने भएकाले सबैमा कोरोना फैलने खतरा रहेको तर स्थानीय सरकारसंग परिक्षणको कुनै पनि साधन नभएकाले मानविय ब्यवहारकै कारणले जोखिम बढेको बताउनुभयो ।





