कालीकोट पहिरोमा चार जनाको शव भेटियो, तीन बेपत्ता

सुर्खेत, १४ भदौं ।
कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेहरूमा ४० वर्षीय प्रयाक शाही, ५ वर्षीय निराजन शाही, ७ वर्षीया हिमा शाही र २ वर्षीय अक्ल शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक श्यामवाबु ओलीयाले जानकारी दिए ।

घटना स्थलबाट दुईजनाको जिवितै उद्दार गरिएको छ । साथै तीनजना वेपत्ता रहेको र उनीहरूको खोजी कार्य तिव्र पारिएको प्रहरी नायव उपरीक्षक ओलीयाले जानकारी दिए । नगरपालिका–१ स्थित नाग्म बजार क्षेत्रको ३० मिटर माथीबाट आएको पहिरोमा परी बजार क्षेत्रका कयौं घर पुरिएका छन् । घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी उद्धारमा खटिएका छन् ।

कालीकोट पहिरोमा चार जनाको शव भेटियो, तीन बेपत्ता

बेपत्ता पारिएका व्यक्ति फर्कने आफन्तहरुको आशा जिवित

कालीकोट पहिरोमा चार जनाको शव भेटियो, तीन बेपत्ता

मानविय हुलनै कोरोना संक्रमणको जोखिम नगर प्रमुख

Leave a comment

Your email address will not be published. Required fields are marked *