साझाको लामो दुरीका गाडी भोलिदेखि चल्ने

काठमाडौं, ६ असोज ।
भोलिबाट साझा यातायातका लामो दुरीका गाडी चल्ने भएका छन् । दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

भोलि साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी नयाँ बसपार्कबाट छुट्ने उनले जानकारी दिए । पाण्डेकाअनुसार दुवै गन्तब्यमा जाने र आउने गरी २–२ वटा गाडी संचालन हुनेछ।
यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्नेछन् । गाडीको भाडा नेपाल सरकारले तोकेअनुसार ५० प्रतिशत अधिक हुनेछ।
सेतोपाटीबाट साभार






