स्यार्पुतालमा डुबेर एकको मृत्यु

सुर्खेत, ७ साउन ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकास्थित स्यार्पुतालमा बेपत्ता भएका एक व्यक्तिको शव बुधवार फेला परेको छ । एक जना अझै बेपत्ता भएका छन् । जिल्लाको बाफिकोट ५ का २३ बर्षका लोक बहादुर घर्तीको ताल छेउमा शव फेला परेको छ । उनीसंगै पौडी खेलेका सोहि ठाउँका ३० बर्षका अनिल घर्ती भने बेपत्ता भएका छन् । उनीहरु पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए ।

बेपत्ता अनिलको गाउँले र प्रहरीको सहयोगमा खोजि कार्य भैरहेको गाउँपालिकाका प्राविधिक दल बहादुर ओलिले जानकारी दिएका छन ।

स्यार्पुतालमा डुबेर एकको मृत्यु

कर्णालीमा २२ जना कोरोना संक्रमित थपिए

स्यार्पुतालमा डुबेर एकको मृत्यु

पुष्पलाल स्मृति दिवसको अवसमा चामुण्डामा वृक्षारोपण

Leave a comment

Your email address will not be published. Required fields are marked *