कर्णालीमा कोरोनाविरुद्ध जुधेका दुईसय स्वास्थ्यकर्मीको विदाइ

सुर्खेत, ६ साउन ।

दैलेखमा रहेको कोरोनाको पीसीआर परीक्षण गर्ने प्रयोगशाला दुई जना मात्रै स्वास्थ्यकर्मीको भरमा सञ्चालन छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी संक्रमण देखिएको दैलेखमा समुदायमा फैलिएको अनुमान गरिएको छ ।

क्वारेन्टाइनमा बस्नेहरुको संख्या कमहुँदै गएका कारण अव समुदायमै परीक्षण गर्नुपर्ने फोकलप्रशन थीरप्रसाद रेग्मी बताउँछन् । तर प्रयोगशालाको परीक्षण बढाउनुपर्ने र स्थानीय तहमा जनचेतना फैलाउनुपर्ने समयमा भएका स्वास्थ्यकर्मीहरुको पनि विदाइ गरिएको छ । त्यस्तै कर्णाली प्रदेश भित्रिने दोस्रो नाका सल्यानको कपुरकोटमा स्थापना गरिएको हेल्थडेष्क साउन सुरु भएपछि बन्द छ । कोरोना महामारीलाई केन्द्रित गरेर स्थापना गरिएको हेल्थडेष्क कोरोना महामारीको अत्य नहुँदै बन्द गरिएको छ ।

कर्मचारीहरुको करार अवधि सकिएपछि हेल्थडेष्क नै बन्द गर्नु भएको हो । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी करार अवधि सकिएपछि विदा भएका छन् । कर्णालीमा अहिले पनि कोरोनाको जोखिम कायमै छ । सधै स्वास्थ्यकर्मीको अभाव भोग्दै आएको कर्णालीमा प्रदेश सरकारले करारमा स्वास्थ्यकर्मी भर्ना गरेर काम चलाएको थियो । तर असार मसान्तमा करार अवधि सकिएको भन्दै प्रदेशका विभिन्न जिल्लामा कोरोना महामारीविरुद्ध जुधेका स्वास्थ्यकर्मीहरुलाई अहिले घर पठाइएको छ ।

यसले महामारीको बेलामा आफूहरुले गरेको कामको मुल्याकन नभएको र कोरोना महामारी कायमै रहँदा सरकारले आफूहरुलाई घर पठाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । साथै उनीहरुले अहिले नै कोरोनाबाट ढुक्क हुनु्पर्ने अवस्था नरहेको बताएका छन् । त्यस्तै करार अवधि सकिएपछि हुम्लाबाट २१ जना स्वास्थ्यकर्मीहरु विदा भएका छन् । पहिलोपटक गाउँगाउँमा पुगेका स्वास्थ्यकर्मीलाई कोरोना अवधिभर जिल्लामै खटाउनुपर्ने आवश्यकता हुँदाहुँदै सेवा अवधि थप नभएपछि विदाइ गर्नुपरेको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंह बताउँछन् । दैलेख, सल्यान र हुम्लामा मात्रै होइन, कोरोना महामारीकै बिचमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा खटिएका दुईसय दुई जना स्वास्थ्यकर्मीलाई सरकारले विदा गरेको छ ।

कोरोना नियन्त्रण नै पहिलो प्राथमिकता बताउने प्रदेश सरकारले भने महामारी कायमै रहँदा पनि कर्मचारीको करार अवधिसमेत थप गर्न सकेको छैन । एकै पटक दुईसयभन्दा बढी स्वास्थ्यकर्मी घर फर्किएपछि क्वारेन्टाइनको व्यवस्थापनमा समस्या देखिएको छ । क्वारेन्टाइन बस्ने नागरिकको चाप घटे पनि संक्रमित थपिनेक्रम रोकिएको छैन । दैलेख, सुर्खेत र सल्यान लगायतका जिल्लामा समुदायमै कोरोना फैलिएको अनुमान गरिएको छ । समुदायका केही नागरिकमासमेत कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितको दर घटे पनि समुदायमा कोरोनाको त्रास बाँकी नै छ । समुदायमा कोरोना परीक्षण गरिएको छैन । स्वास्थ्यकर्मीको अभावमा दैलेख र रुकुमपश्चिमको पीसीआर प्रयोगशालामा क्षमता अनुसार परीक्षण गर्न सकिएको छैन ।

तर कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलेल भने करार अवधि सकिएको भन्दै दुईसयभन्दा बढी स्वास्थ्यकर्मीलाई विदा गरेको छ । यद्यपी सामुदायिक नर्सिङ कार्यक्रमका लागि खटिएका स्वास्थ्यकर्मीहरुको सेवा अवधि थप र जनशक्ति भर्ना गर्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार नर्सिङ र जनशक्ति व्यवस्थापनको प्रस्ताव मन्त्रालयले क्याविनेटमा लैजाने तयारी गरिएको छ । मन्त्रिपरिषदको बैठकले निर्णय गरेको खण्डमा सेवा अवधि थप गरेर पुनः काममा खटाउन सक्ने उनको भनाइ छ । तर पनि सरकारले हतारमा विदा गरेका कारण पुनः नियुक्तिको प्रक्रिया लम्बिने भएकाले कोरोना रोकथामम

समुदायमा परीक्षणको टुङ्गो छैन

कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको दुई महिना पुरा भइसकेको छ । हाल सुर्खेत, दैलेख, जुम्ला र रुकुमपश्चिममा कोरोना परीक्षण गर्ने पीसीआर मेसिनहरु सञ्चालनमा छन् । क्वारेन्टाइन बस्ने नागरिकहरु घट्दै गएका छन् ।

हालसम्म समुदायस्तरका नागरिकमा पनि संक्रमण पुष्टि भइसकेको छ । कोरोना नियन्त्रणको अभियानमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरु संक्रमित भएपछि समुदायमै कोरोनाको त्रास छ । तर कर्णाली प्रदेश सरकारले पनि समुदायमा कोरोना परीक्षणको रणनीति तयार गर्न सकेको छैन । ‘जतिसक्यो छिटो समुदायमा परीक्षण गर्नुपथ्र्याे, तर कहिलेदेखि समुदायमा परीक्षण हुन्छ भन्ने एकिन छैन’ कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले भनिन्, ‘साउनभित्रै समुदायमा परीक्षण गर्नुपर्ने प्रस्ताव गरेको छु, तर मन्त्रालयबाट फाइनल भइसकेको छैन ।’

जनशक्ति व्यवस्थापन र प्रयोगशालालाई पूर्णरुपमा सञ्चालनमा ल्याएपछि समुदायमा परीक्षण गर्नुपर्ने उनको भनाइ छ । संक्रमित पुष्टि भएको ४५ दिनपछि परीक्षण गर्दा समुदायमा संक्रमण छ÷छैन भनेर पुष्टि गर्न सहज हुन्छ । तर कर्णालीमा संक्रमण देखिएको दुई महिना पुरा भइसक्दा पनि समुदायमा परीक्षण गर्ने रणनीति तयार हुन सकेको छैन । ‘हिजोआज संक्रमितको सम्पर्कमा आएका र आइसोलेसनमा रहेका व्यक्तिको मात्रै परीक्षण भइरहेको छ’ उनी भन्छिन्, ‘प्रयोगशालालाई पहिलेको जस्तो चाप छैन, तर छिट्टै समुदायमा परीक्षण गरिनुपर्छ ।’ साउनभित्रै समुदायमा परीक्षण गर्नुको विकल्प नरहेको उनको तर्क छ ।

थपिए १२ जना संक्रमित

कर्णाली प्रदेश मंगलबार १२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएका मध्ये दैलेख ढुङ्गेश्वर गाउँपालिका–१ का ३३ बर्षीय पुरुष र सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का २८ वर्षीय पुरुष छन् ।

त्यस्तै दैलेख अस्पतालमा परीक्षण गरिएकामध्ये दुल्लु नगरपालिका–८ का १९, २०, २०, २४ वर्षीय पुरुष, गुराँस गाउँपालिका–८ का २७ वर्षीय पुरुष, नारायण नगरपालिका–१ का २२ वर्षीय पुरुष, २०, २३ वर्षीया महिला, नारायण नगरपालिका–८ का ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको छ । यस्तै चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानको कुमाख गाउँपालिका–४ का २१ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले बताए ।

योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या एक हजार सात ६१ पुगेको छ । त्यस्तै बुधबार नै प्रदेश अस्पताल सुर्खेतबाट १४ जना डिस्चार्ज भएका छन् । कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार पाँच ३३ पुगेको छ ।

कर्णालीमा कोरोनाविरुद्ध जुधेका दुईसय स्वास्थ्यकर्मीको विदाइ

आजदेखि लकडाउन हट्यो, तर केही प्रतिबन्ध कायमै

कर्णालीमा कोरोनाविरुद्ध जुधेका दुईसय स्वास्थ्यकर्मीको विदाइ

YUGAAWHAN NATIONAL DAILY (2077-04-07)

Leave a comment

Your email address will not be published. Required fields are marked *