गैरकानुनीरुपमा बसेका तीन विदेशीलाई देश निकाला, यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौं, ५ मंसिर।

सरकारले विभिन्न १९ ओटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को यही मंसिर ३ र गएको कात्तिक २७ गते बसेको बैठकले ती निर्णयहरु गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार पत्रकार सम्मेलनमार्फत् निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

मन्त्रिपरिषद्ले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

गैरकानुनीरुपमा लामो समयसम्म नेपालमा बसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।

यस्तै, गैरकानुनीरुपमा लामो समय नेपालमा बसोबास गरिरहेका यमनका दुईजना नागरिकलाई पनि नेपालबाट निष्कासन गर्ने निर्णय सरकारले गरेको छ । उनीहरुले बुझाउनुपर्ने विलम्ब शुल्क, जरिवानासमेत मिनाहा गरिएको छ ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्षमा उद्धवप्रसाद तिमल्सेनालाई नियुक्ति गर्नेलगायतका निर्णयहरु सरकारले गरेको छ ।

गैरकानुनीरुपमा बसेका तीन विदेशीलाई देश निकाला, यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

१८ वर्षमा गरिएको पिच उम्कियो, धुलाम्मे सडकले

गैरकानुनीरुपमा बसेका तीन विदेशीलाई देश निकाला, यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

शे–फोक्सुण्डो निकुञ्जमा संसदिय टोली

Leave a comment

Your email address will not be published. Required fields are marked *