१८ वर्षमा गरिएको पिच उम्कियो, धुलाम्मे सडकले स्थानीयलाई सास्ती

दुर्गा विसी ।

सल्यान, ५ मंसिर ।

सल्यान पश्चिम बनगाडमा सल्लिबजारदेखि रुकुम चौरजहारी सडक खण्डको ट्र्याक खोलिएको झण्डै १८ वर्ष वित्न सुरु भएको छ । उक्त सडकमा करोडौं रकम खर्चियो तर काम भन्ने शुन्य देखिन्छ । वर्षातमा हिलाम्मे सडक र सुख्खायाममा धुलोले नागरिकले सास्ती भोग्नु परेको छ । सल्यान सल्लिबजारदेखि रुकुम चौरजहारीसम्म उक्त सडक ४१ किलोमिटर दुरी रहेको छ । स्तरबृद्धि र सडक चौडाइका नाम वषर्नी करोडौं रकम खर्च भएको सडक डिभिजन दाङ कार्यालयको भनाइ छ ।

 ठाउँ ठाउँमा सडक भासिएको छ । सिङ्गल यातायातका साधन आवतजावतमा समेत कठिनाइ भएको छ । सल्यान पश्चिम र रुकुम पश्चिमका नागरिकका लागि प्रदेश राजधानी लगाएत देशका विभिन्न क्षेत्र आवतजावतको लागि निकै सजिलो सडकका रुपमा यसलाई लिने गरिएको छ । केन्द्रका नेकपा चरचित नेता जनार्दन शर्मा (प्रभाकर) र प्रकाश ज्वालाको जन्म स्थान रहेको यो क्षेत्रमा वषर्नी सामाजिक सञ्जालमा करोडौं रकमको योजना परेको पोष्ट भएको देखिन्छ ।तर सो बजेट कहाँ जान्छ यहाँका नागरिकले दुखेसो पोख्ने गरेका छन् ।

६ किलोमिटर सडकको पिचको काम समेत सन्तोष जनक तवरले अघि वढ्न सकेको छ ।४ वर्ष अघि सम्पन्न हुने सो काम हाल सम्म पनि जस्ताको तस्तै छ । थिग्मा जेभिका नरहरि थपलियाले कामको जिम्मेवारी दिएका ४ कम्पनीले समेत काम गर्न सकेका छैनन् । थोरै काम गर्ने काम छोडेर भाग्ने गरेका कारण काम लथालिङ्ग अवस्थामा रहेको छ ।सो काम हाल सडक डिभिजन कार्यलय रुकुम पश्चिम चौहरजारिले हेरेको छ ।डिभिजन प्रमुख नरेन्द्र भट्टका अनुसार अब भने काम रफ्तारमा वढ्ने दावि छ । सो सडक खण्ड आसपासका वस्ति सवारी आवगमन हुदा धुलाम्वे हुने गरेका छन् ।धुलोले आजित वनेका नागरिक भने यो सडक नेताहरुको चुनावमा ठगि खाने भाँडो भएको जनाउछन् ।

२ किलोमिटर पिच २ वर्ष अघि पिच भएको थियोे,त्यो पनि उप्किन सुरु भएको छ। हाल उक्त पिच पनि छेदविच्छेद अवस्थामा रहेको छ । सडक डिभिजन कार्यालयको व्यवास्था र ठेकेदारको चरम लापरबाहीका कारण धुलाम्मे सडकले सास्ती खेपिरहेका नागरिक जनप्रतिनिधि र नेतालाई सराप्ने गरेका छन् । गाडि गुडे अत्यधिक धुलोले वस्ति आसपास र सडकमा हिडिरहेका नागरिक भागाभाग गर्नुपर्ने अवस्था रहेको छ ।

१८ वर्षमा गरिएको पिच उम्कियो, धुलाम्मे सडकले स्थानीयलाई सास्ती

तीन सय ९६ अस्पताल बनाउन झण्डै ५८

१८ वर्षमा गरिएको पिच उम्कियो, धुलाम्मे सडकले स्थानीयलाई सास्ती

गैरकानुनीरुपमा बसेका तीन विदेशीलाई देश निकाला, यी

Leave a comment

Your email address will not be published. Required fields are marked *