२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

अनशनरत डा. केसीसँग तत्काल वार्ता गर्न कांग्रेसको माग

काठमाडौं, ३ असोज ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि अनशनरत डा। गोविन्द केसीसँग वार्ता गरेर समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेको छ।

विगत देखिनै सत्याग्रहमा सरिक अभियन्ता डा गोविन्द केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको बिषयलाई गम्भीरतापूर्वक लिएको नेपाली कांग्रेसले जनाएको छ।

१० साउन ०७५ मा प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा। केसीसंग सरकारले गरेको सम्झौता त्यही बर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्‍याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि नेपाली कांग्रेसले सरकारलाई अनुरोध गरेको छ।

ूमुलुकमा शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचन पश्चात् समृद्धिको यात्राका लागि तुलनात्मक रुपले सहज वातावरण निर्मित भएको छ। मुलुक संघीयतामा गएको छ र कर्णालीमा प्रदेश सरकार पनि अलग अस्तित्वमा छ। यस्तो बेलामा कर्णालीको विकास र समग्र समृद्धिका लागि घनिभुत ढंगले आवाज उठ्नु स्वभाविक र जरुरी छू, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान देखि राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान सम्मको माग अघि सारेर अनशनरत डा। केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउंदै जायज मागहरू पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न नेपाली कांग्रेस संघीय सरकार र कर्णालीको प्रदेश सरकार दुवैलाई सार्वजनिक रुपमा आग्रह  गरेको छ।

अनशनरत डा. केसीसँग तत्काल वार्ता गर्न कांग्रेसको माग

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको

अनशनरत डा. केसीसँग तत्काल वार्ता गर्न कांग्रेसको माग

आन्तरिक हवाई उडानको टिकट ५० प्रतिशत बुकिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!