एमयूमा डिनका लागि कडा प्रतिस्पर्धा

सुर्खेत, १ साउन ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतको डिन पदमा कडा प्रतिस्पर्धा हुने भएको छ । एमयूका मानविकी तथा समाजशास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायका गरी चार वटै संकायको डिनका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । जसमध्ये मानविकी तथा समाजशास्त्र संकायमा सबैभन्दा बढी प्रतिस्पर्धा हुने भएको हो ।

चार वटा डिनको पदका लागि बुधबार ५ बजेसम्म २० जनाको उम्मेदवारी परेको छ । बुधबार राती १० बजेसम्म इमेलहरु चेक गर्दा २० जनाको उमम्मेदवारी परेको विश्वविद्यालयका उपकुलपति प्रा.डा . नन्दबहादुर सिंहले जानकारी दिए । यद्यपी इमेलहरु फाइनल भई नसकेका कारण प्रतिस्पर्धिको संख्या बढ्नसक्ने विश्वविद्यालयले जनाएको छ । ‘इमेल चेकगर्दा २० वटा आवेदनहरु देखिएका छन् तर यो नै फाइनल होइन’ उपकुलपति सिंहले भने, ‘चार जना पदको लागि अनुमानित २० जनाको उम्मेदवारी परेको छ ।’ उपकुलपति सिंहले दिएको जानकारी अनुसार मानविकी तथा सामाजशास्त्र संकायमा सबैभन्दा बढी अर्थात नौ जनाले आवेदन दिएका छन् ।

त्यस्तै विज्ञान तथा प्रविधि संकायको डिनका लागि पाँच जनाले आवदेन दिएका छन् । व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकायको डीनको लागि तीन÷तीन जनाको उम्मेदवारी परेको छ । डिनका लागि राजनीतिक दवाव पर्ने भन्र्दै उपकुलपतिले आवेदकहरुको विवरण खुलाउन चाहेनन् । ‘अहिले नै सबैको विवरण खुलाउन मिल्दैन, विश्वविद्यालयका आफ्नै प्रावधानहरु छन्’ उपकुलपति सिंहले भने, ‘म विश्वविद्यायलाई साँचिक्कै गज्जवको विश्वविद्यालय बनाउन चाहन्छु, कसैको दवाव र प्रभावमा पर्दैन तर पनि आवेदकहरुको नाम नखुलाऔँ ।’

नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन र योग्य पदाधिकारी नियुक्त गर्न खुला प्रतिस्पर्धा गरिएको भन्दै आवेदकको विवरण खुलाउन उपयुक्त नहुने उनको तर्क छ । पदाधिकारी नियुक्ति गर्ने अधिकार आफूलाई भए पनि विश्वविद्यालयको हितका लागि खुला प्रतिस्पर्धाबाट डिनहरु नियुक्ति प्रक्रिया थालिएको सिंहको प्रस्टोक्ति छ । आवेदन दिने समय सकिए पनि डिनहरु भने विश्वविद्यालयले तत्काल पाउने सम्भावना देखिएको छैन । रजिष्टारको नियुक्त हुन बाँकी रहेका कारण डिनहरु नियुक्त गर्न महिनादिन लाग्ने विश्वविद्यालयको भनाइ छ । ‘रजिष्टार नआउँदासम्म डिनहरुको नियुक्त गर्न सकिदैन’ प्रा.डा. सिंहले भने, ‘प्रतिस्पर्धिहरु धेरै भएका कारण रजिष्टार नियुक्तीमा अझै दुई हप्ता लाग्न सक्छ, त्यसपछि मात्रै डिनहरु नियुक्त हुन्छन् ।’

विश्वविद्यालयको रजिष्टार पदका लागि १९ जनाको आवेदन परेको छ । पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन भन्दै एमयूले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्न लागेको हो । गत २२ गतसूचना प्रकाशित गर्दै एमयूले १० दिनभित्र दरखास्त पेश गर्न आह्वान गरेको थियो । डिनका लागि दरखास्त दिने समयावधीबुधबार सकिएको छ ।

चार पदका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धित संकायका प्राध्यापक र बाहिरबाट पनि योग्यता पुगेका उम्मेदवारले आवेदन दिएका छन् । डिनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धित संकायका प्राध्यापक सहप्राध्यापक वा मान्यता प्राप्त विश्वविद्यालयको सम्बन्धित संकायका प्राध्यापक वा सहप्राध्यापकबाट आवेदन माग गरिएको थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ को दफा २६ मा डिनहरुको नियुक्ति कार्यकारी परिषद्ले गर्ने उल्लेख छ । कार्यकारी परिषद्को अध्यक्ष उपकुलपति हुने प्रावधान रहेको छ ।

यस्ता छन् डिनका प्रतिस्पर्धिहरु

विश्वविद्यालयले डिन पदका लागि आवेदनकहरुको विवरण नखुलाए पनि युगआव्हान दैनिकले केही प्रतिस्पर्धिहरुको विवरण प्राप्त गरेको छ । जसअनुसार मानविकी तथा समाजशास्त्र संकाय र व्यवस्थापन संकायको डिनका लागि विश्वविद्यालयमै कार्यरत प्रतिस्पर्धिहरु धेरै छन् ।

स्रोतका अनुसार मानविकी संकायमा सह प्रा.डा. लिलाधर तिवारी, सह प्रा.डा. आनन्दप्रसाद सुवेदी, सह प्रा.डा.विनय दास, सह प्रा.डा.अर्जुन ऐडी, सरदचन्द्र कस्यव लगायत नौ जना प्रतिस्पर्धिहरु छन् । त्यस्तै व्यवस्थापन संकायमको डिनका लागि सह प्रा.डा.विरबहादुर पौडेल, सह प्रा.डा.पूर्णमाण श्रेष्ठ र प्रा.डा. दीपबहादुर रावलले पनि आवेदन दिएको स्रोतले जनाएको छ । यद्यपी विश्वविद्यालयले भने आवेदकहरुको पुष्टि गरेको छैन ।

शिक्षा र विज्ञानका डिन बाहिरकै

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापन भएको एक दश पुरा भएको छ । तर विश्वविद्यालयले एक दशक यात्रामा शिक्षा संकाय र विज्ञान तथा प्रविधि संकायमा डीनका लागि प्रतिस्पर्धिहरु जन्माउन सकेको छैन । विश्वविद्यालयमा हालसम्म कार्यरत जनशक्तिमध्ये शिक्षा र विज्ञान संकायको डिन पदका लागि आवेदकहरुको खडेरी नै परेको छ ।

कार्यरत जनशक्ति योग्य नभएपछि विश्वविद्यालयले बाह्य क्षेत्रबाट डिन नियुक्ती गर्नुपर्ने भएको छ । डिनका पदका लागि विज्ञान तथा प्रविधि संकायमा आवेदकहरु पाँचै जना विश्वविद्यालयभन्दा बाहिरका रहेको स्रोतले जनाएको छ ।

त्यस्तै शिक्षाशास्त्र संकायमा डिनका प्रतिस्पर्धिहरु पनि विश्वविद्यालयभन्दा बाहिरकै छन् । डिनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धित संकायका प्राध्यापक वा सम्बन्धित संकायमा सेवा गरेका सहप्राध्यापक वा मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित संकायका प्राध्यापक वा सहप्राध्यापक हुनुपर्ने उल्लेख छ । डीनका लागि आवेदनसँगै भिजन पेपर माग गरिएको थियो ।

एमयूमा डिनका लागि कडा प्रतिस्पर्धा

YUGAAWHAN NATIONAL DAILY (2077-04-01)

Leave a comment

Your email address will not be published. Required fields are marked *