वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ अब दसैंपछि मात्रै

काठमाडौं, २८ असोज ।

सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आज पनि हुन सकेन । सर्वोच्चको संवैधानिक इजलासमा गौतमलाई सांसद मनोनीत गर्नु असंवैधानिक भएको भन्दै परेको रिटमा सुनुवाइ जारी छ ।

सर्वोच्चका १७ जना न्यायाधीश होम आइसोलेसनमा बसेकाले बुधबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको हो । असोजमा अब बिहीबार र शुक्रबार मात्र अदालत खुल्छ ।

कात्तिक सुरुदेखि दसैंको बिदा हुने भएकाले अब वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ दसैंपछि हुने प्रबल सम्भावना छ । प्रतिनिधिसभा सदस्यमा पराजित भए पनि गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

सांसद बनेलगत्तै गौतम मन्त्री बन्ने अभियानमा छन् । सर्वोच्चले गौतमलाई तत्काल मन्त्रीको जिम्मेवारी नदिनु भन्ने अन्तरिम आदेश दिइसकेको छ । त्यसैले दसैंअघि मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नभएको बताइएको छ ।

वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ अब दसैंपछि मात्रै

नेयमारको ह्याट्रिक, ब्राजिलको शानदार जित

वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ अब दसैंपछि मात्रै

YUGAAWHAN NATIONAL DAILY (2077-06-28)

Leave a comment

Your email address will not be published. Required fields are marked *