डाक्टर बन्ने सपना थियो, निर्माण व्यवसायी भएँ

जिन्दगीमा के बन्छु भन्ने लक्ष्यको तय स्वंयम होस् वा कसैको प्रेरणाबाट गरिने हो । बाल्यकालबाट उक्लिदैँ गर्दा त्यो खुड्किला दौडिदै, हुर्किदै, पढ्दै र बुझ्दै जाने रफ्तारमा भने अर्कै मोडमा बटारिदिन्छ । अब्राहम लिंकनले भनेका छन्, ‘म अहिले जहाँ छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमाप्रति ऋणि छु ।’ तर यो कथनलाई व्यवसायी पदमबहादुर खड्का जीवन यात्रामा आफ्नो दाजुप्रति ऋणि छन् । दाजु (निर्माण व्यवसायी सूर्यबहादुर खड्का) को सपना आफू व्यवसायमै लागे पनि भाई (पदमबहादुर खड्का) पढेर डाक्टर बनोस् भन्ने चाहन्थे । तर चाहेजस्तो जीवन बनाउँन कहाँ सकिन्छ र, लिंकनले भनेझैं उनी आज पनि आफ्नो दाजुप्रति ऋणि छन् । दाजुकै हौसला र प्रेरणालाई डाक्टरकै पथमा लैजान नसके पनि उनी भन्छन्, ‘जिन्दगीको नियतिले यहीँ हुनुभनेको रहेछ, हजुरको त्यो मार्ग पहिल्याउन कयौं कोशिस गरेकै हुँ सफल हुन सकेन् । फरक पाटो रोजे पनि परिस्थितिले डो¥याएको कर्मप्रति बफदार भएर लागेको छु दाजु ।’ आजको जम्काभेटमा निर्माण व्यवसायी खड्कासँग गरिएको कुराकानीको सम्पादित अंशः–

पदमबहादुर खड्का
निर्माण व्यवसायी

बाल्यकाल
दैलेख जिल्लाको साविकको छिउडी पुसाकोटमा २०३६ सालमा जन्मेका खड्का । छिउडी डाँडामा रहेको जयदेवी प्राविमा अक्षर चिनेका खड्का २०३९ सालमा बुवा (शंकरबहादुर खड्का) सँग सुर्खेत बसाइँ सरे ।

बाल्यकालका पाँच वर्ष कलिलो मस्तिष्कले जन्मभूमि छिउडी हो भन्ने जानकारी राख्न बाहेक अन्य केही ठम्याउन सकेन् । किनकी बाल्यकालमा हुर्कदै गरेको मस्तिष्कले सुर्खेतलाई बढी अटाउने कोशिस गरिरहेको थियो ।

उनी भन्छन्, ‘स्वभाविक थियो बाल्यकालमा, हुर्किरहेको ठाउँसँग झन्झन् परिचित बनाउँदै लैजाँदा जन्मभूमिसँग बिरानो बनाइसकेको थियो ।’ सुर्खेत झरेपछि खड्काको बाँकी पढाइको यात्रा रोजल्याण्ड बोर्डिङ्गबाट शुरु भयो । ४ कक्षासम्म सुर्खेतमै पढे पनि बाँकी पढाई काठमाडौंस्थित भानुभक्त मेमोरियल बोर्डिङ्ग स्कुलबाट शुरु भयो ।

‘मध्यम वर्गिय परिवारमा हुर्किएकाले पढ्नमा कुनै समस्या थिएन्’ खड्का भन्छन्, ‘बुवाको पुख्र्यौली व्यापार र दाजुले शुरु गर्नुभएको निर्माण व्यवसाय ऊ बेला राम्रै थियो । जति उहाँहरुले संघर्ष गर्नुभयो त्यो बेला मैले केही गर्नै पर्थेन् । त्यसैले मलाई दाजुले जहिले पनि भन्नुहुन्थ्यो एसएलसीमा राम्रो नम्बर ल्याइस भने डाक्टर पढाउँछु पदम ।’

घरको कान्छो छोरा भएकाले परिवारको माया ममता बढी पाउने उनी एसएलसीमा राम्रै नम्बर ल्याउने गरी पढिराखेका थिए । अफसोच ! डाक्टर पढ्न एक नम्बर मात्रै अपुगहुँदा सपना सदाको लागि अन्त्य भयो । दाजुको सपना पूरा गर्न नसकेकोमा दुःख लाग्छ, तर कोशिस गरेकै थिए राम्रो नम्बर ल्याउन नसकेको खड्का बताउँछन् । वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा थप पढाई शुरु गरेका उनले प्लस टू सकेपछि पढाईमा ब्रेक लाग्यो ।

व्यवसाय
हबुवा छिउडीमा प्रधानपञ्च हुँदादेखि नै व्यवसाय थियो । सुर्खेत बसाईँ सरेपछि पनि वीरेन्द्रनगरमा शंकर स्टोर २०५३ सालबाट शुरु भइसकेको थियो । दाजु त्यो बेला निर्माण व्यवसायमा लागिरहेकाले बुवाले सञ्चालन गरेको व्यवसाय आफूले हेर्दै आएको खड्काको भनाइ छ ।

२०६३ सालसम्म त्यहीँ व्यवसायमा आवद्ध भएका उनी त्यो बिचमा देशमा चलेको सशस्त्र द्वन्द्वको मारमा व्यवसाय परेको थियो । ‘प्रत्यक्ष रुपमा द्वन्द्व आँखै अगाडी नियाले । बुलबुले आयल स्टोर परिसरमा रहेको तेल, चामल र पिठो उद्योगमा बम विष्फोट भयो विस्तारै गति लिदै गरेको व्यवसाय त्यहीँ घटनाले सदाका लागि बन्द गरिदियो’ उनले थपे, ‘द्वन्द्वका कारण भौतिक संरचनामै ठूलो क्षति पु¥याएको थियो ।

’ २०५९ सालमा स्थापना भएको बुलबुले आयल स्टोर पनि द्वन्द्वका कारण प्रभावित भयो । व्यापार व्यवसाय प्रायः बन्द हुने अवस्थामा पुग्यो तर शंकर स्टोर्स भने जेनतेन चलिरहेकै थियो । २१ वर्षकै उमेरमा बुवा गुमाएपछिको अभिभाकत्व दाजु (सूर्य) को काँधमा थियो । उनकै प्रेरणाबाट बाँकी जीवनले सार्थकता पाइरहेको थियो । परिवारमा खुसी नै थियो ।

दाजुबाट अलग
संयुक्त परिवारमै हुर्केको म एक्कासी दुई भाइ अलग बाटोमा लागेपछि के गर्ने कसरी अघि बढ्ने भन्ने अन्यौलता छायो । हिजोसम्म संयूक्त हुने योजना अब एक्लै तय गर्नुथियो । सम्बन्ध भए पनि योजनाहरु तय गर्ने आधार र मार्ग दर्शन दिने व्यक्तित्व थिएन् । जे गर्नुथियो अब एक्लै जानी नजानी अघि बढ्नु बाहेक अन्य विकल्प थिएन् ।

दाजुबाट अलग भएपछि ठेक्कापट्टाको काम आरम्भ गरे । २०६३ सालमा नेपाली सेना, नेपाल प्रहरीको रासन ढुवानी गर्ने ठेक्का लिए । एकल लगानीमै निर्माण व्यवसायी बन्ने अठोट लिए । काम गर्दै जाँदा २०६७ सालमा बुवाको नामबाट शंकर कन्ट्रक्र्सन फर्म शुरु गरे ।

निर्माणको काम पाएपछि अनुभवहुँदै जाँदा २०७० सालमा फर्मलाई बढाउँदै श्याम एण्ड शंकर कन्ट्रक्र्सन बनाएँ । हाल त्यहीँ कामलाई निरन्तरता दिएको छु । अहिले फर्मलाई जेभीमा पु¥याएर निर्माणको काम गरिरहेका छु । जिन्दगीको यो रफ्तार आइपुग्नमा श्रीमतिको ठूलो योगदान रह्यो । कयौं पल तनावमा भएको बेला उनले दिने प्रेरणाले काम गर्ने थप हौसला प्राप्त भइरह्यो । जसले मलाई थप काम गर्नमा ऊर्जा मिलिरहेको छ ।

शिक्षामा लगानी
२०६४ सालमा बुवाको सम्झानामा वीरेन्द्रनगरको तातापानीमा भ्याली मेरिडियन एकेडेमी स्थापना गरेँ । जिन्दगीको दौडाहमा मैले कयौं बालबालिकाहरु अभिभावक गुमाएपछि पढ्नबाट बञ्चित भएको देखेको र भेटेको छु । त्यस्ता बालबालिकाहरुलाई विशेष छुट दिएर आवासिय शिक्षा दिने हेतुले नै स्कुल स्थापना गरेको हुँ ।

हाल १० कक्षासम्म पढाइ हुने स्कुलमा १५ जना बालकालिकालाई निःशुल्क पढाइरहेको छु । ‘निर्माण व्यवसायबाट पहिचान बनाए पनि बुवाको सम्झनामा स्थापना गरेको विद्यालयलाई व्यवस्थित गरेर आवासियसहित अशक्त, गरीब र अनाथ बालबालिकाहरुलाई पढाउने योजनामा छु’ खड्काले भने ।

जिन्दगी
हजिन्दगी जे सोचिन्छ त्यो बन्दैन् तर त्यसलाई कुशलतापूर्वक निर्वाह गर्नमा आफूमा लगाव र इमान्दारिता भने हुन जरुरी हुँदो रहेछ । विगतमा राम्ररी चलेको जिन्दगीमा २०६३ सालको त्यो परिस्थितिले एक घेरामा बाँधिदियो ।

सुखसयलमै वितेका ति दिनहरु एक्कासी जिम्मेवारी टाउकोमा बज्रिदा मात्रै मैले खास जिन्दगी बुझैँ । किनकी बाल्यकाल, युवावस्था र विवाहपछिसम्म पनि खास अभाव झेल्नु परेन् । बुवाको अवसानपछि दाजु नै मेरो मार्गदर्शक हुनुहुन्थ्यो । आज जहाँ छु, उहाँले जिम्मेवारी वहन गर्नुभएको त्यतिबेलादेखी निर्माण व्यवसायको ज्ञानले यो स्थानसम्म पु¥याएको हो ।

‘जब भोगिन्छ, तब मात्रै जिन्दगीबारे मानवले बुझ्छ । जति गरिरहेको छु, गर्दै जाँदा जिन्दगीको शाब्दिक अर्थ पहिल्याउँदै अघि बढिरहेको छु । हालसम्म मैले जति भोगँे त्यहीँ नै मेरो जिन्दगीको सिकाइ बनिरहेको छ, जुन अझै पूर्ण भएको छैन’ खड्काले थपे, ‘जिन्दगीले कहाँबाट कहाँ पु¥याइदिन्छ तर त्यो बेला विचलित नभएर मार्गपथमा मात्रै लागि रहने हो भने खास जिन्दगी बुझिन्छ ।’

रुची र सामाजिक योगदान
हसानैदेखी खेलकुदमा रुची राख्ने खड्का फुटबल खेलमा शौखिन थिए । ऊ बेला जिल्लास्तरीय प्रतियोगितामा नेपालगञ्जसम्म सहभागी भएको त्यो पल अझै ताजा छ । २०५६ सालदेखी क्रिकेट संघ सुर्खेतको संस्थापक अध्यक्ष बनेका उनी होराइजन बोर्डिङ्ग स्कूलका संस्थापक सदस्य तथा सुर्खेत बहुउद्देश्यीय सहकारीका संस्थापक सदस्यसमेत छन् ।

वृद्धाश्रममा पाँच लाख, गुम्बा निर्माणमा ५० हजार, बड्डीचौरमा मन्दीर निर्माणमा एक लाख सहयोग गरिसकेको छु । कमाउनु मात्रै ठूलो हैन कमाएको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्दा आत्मसन्तुष्टि प्राप्त गर्छु । हाल उनी हेभी इक्युपमेन्टको राष्ट्रिय उपाध्यक्ष तथा निर्माण व्यवसायी एकता समाज सुर्खेतको बरिष्ठ उपाध्यक्ष छन् । दैलेखको साइगाउँमा रहेको कर्णाली तथा सुर्खेतको बुलबुले आयल स्टोर्समा १२, जेभीमा एकसय ६० र विद्यालयमा ४२ जनालाई रोजगारी दिएका छन् ।

अन्त्यमा..
हनिर्माण व्यवसायप्रति राज्यले गर्ने व्यवहारका कारण आफ्नो व्यवसायबाट सन्तुष्ट छैन । काम गर्ने वातावरण राज्यले बनाउने हो तर यहाँ एक जनाले गल्ती गरे सबैलाई एकै ठाउँमा राखेर हेर्ने नियती राज्यको छ । जुत गलत हो ।

ठेक्का सम्झौता गरेर मात्रै हुँदैन् त्यसलाई कुशलतापूर्वक सम्पन्न गर्नमा राज्यले वातावरण सिजर्ना गर्ने हो, जुन यहाँ छैन् । निर्माण व्यवसायी सबै एउटै छैनन्, त्यो म स्वीकार गर्छु । यहाँ कतिपय क्षमताभन्दा बढी ठेक्का लिने तर अलपत्र छाड्दा उनीहरुकै दर्जामा हामीहरुलाई पनि वर्गीकरणमा राख्दा काम गर्ने वातावरण छैन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *