कर्णालीका कोरोना संक्रमितलाई डिस्चार्ज गर्दासम्म कुनै लक्षण देखिएन

सुर्खेत, २४ जेष्ठ ।
शुक्रबार कर्णाली प्रदेश अस्पताल स्थित कोरोना विशेष अस्पतालमा उपचारारत सात जनाले कोरोना जितेर घर फर्किए । तर ति सातै जनामा १४ दिनसम्म कोरोनाको कुनै लक्षण नै देखिएन । अस्पतालको आइसोलेशनमा उपचार गराएर फर्किएकाहरुले पनि कोरोना लागेको कुनै महशुस नभएको प्रतिक्रिया दिए ।

अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले पनि अस्पतालको आइसोलेशनमा रहेका कसैलाई पनि थप जटिल लक्षण नदेखिएका जानकारी दिए । ‘अस्पतालको आइसोलेशनमा ६७ जना हुनुहुन्थ्यो’ डा. पौडेलले भने, ‘सात जना डिस्चार्ज भइसक्नु भयो, तर उहाँहरुलाई डिस्चार्ज गर्दासम्म पनि कोरोनाको कुनै लक्षण नै देखिएन । बाँकी संक्रमितहरुमा पनि कुनै जटिल लक्षण देखिएको छैन ।’ आइसोलेशनमा नल्याएर क्वारेन्टाइनमा राख्दा पनि खानपान र स्वास्थ्य सावधानी अपनाउँदा कोरोनालाई जित्न सकिने पौडेलले बताए ।

‘कोरोनको संक्रमण देखिए खानपानमा विशेष ख्याल पु¥याउने र पानी धेरै पिउँने हो भने कोरोनालाई जित्न सकिन्छ’ पौडेल भन्छन्, ‘पोट्रिन भएका खाना र झोलिलो पदार्थ तथा तातो पानी समय समयमा पिउने हो भने कोरोना पोजेटिभ देखिएका व्यक्ति कम्तीमा १४ दिनमा सन्चो हुन्छन् ।’ लक्षण नदेखिएको बिरामी र गम्भीर विरामीहरुमा उपचार पद्धती फरक हुने बताएका डा. पौडेलले लक्षण नदेखिएका विरामीहरुले खानपानमा विशेष ख्याल पुरयाए सन्चो हुने उल्लेख गरे ।

याे पनि पढ्नुहाेस :-

कर्णालीका सात जनाले कोरोना जिते

कसम खुवाएर धमाधम क्वारेन्टाइनबाट घर पठाइँदै

 

तपाईको प्रतिक्रिया