कर्णालीका कोरोना संक्रमितलाई डिस्चार्ज गर्दासम्म कुनै लक्षण देखिएन

सुर्खेत, २४ जेष्ठ ।
शुक्रबार कर्णाली प्रदेश अस्पताल स्थित कोरोना विशेष अस्पतालमा उपचारारत सात जनाले कोरोना जितेर घर फर्किए । तर ति सातै जनामा १४ दिनसम्म कोरोनाको कुनै लक्षण नै देखिएन । अस्पतालको आइसोलेशनमा उपचार गराएर फर्किएकाहरुले पनि कोरोना लागेको कुनै महशुस नभएको प्रतिक्रिया दिए ।

अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले पनि अस्पतालको आइसोलेशनमा रहेका कसैलाई पनि थप जटिल लक्षण नदेखिएका जानकारी दिए । ‘अस्पतालको आइसोलेशनमा ६७ जना हुनुहुन्थ्यो’ डा. पौडेलले भने, ‘सात जना डिस्चार्ज भइसक्नु भयो, तर उहाँहरुलाई डिस्चार्ज गर्दासम्म पनि कोरोनाको कुनै लक्षण नै देखिएन । बाँकी संक्रमितहरुमा पनि कुनै जटिल लक्षण देखिएको छैन ।’ आइसोलेशनमा नल्याएर क्वारेन्टाइनमा राख्दा पनि खानपान र स्वास्थ्य सावधानी अपनाउँदा कोरोनालाई जित्न सकिने पौडेलले बताए ।

‘कोरोनको संक्रमण देखिए खानपानमा विशेष ख्याल पु¥याउने र पानी धेरै पिउँने हो भने कोरोनालाई जित्न सकिन्छ’ पौडेल भन्छन्, ‘पोट्रिन भएका खाना र झोलिलो पदार्थ तथा तातो पानी समय समयमा पिउने हो भने कोरोना पोजेटिभ देखिएका व्यक्ति कम्तीमा १४ दिनमा सन्चो हुन्छन् ।’ लक्षण नदेखिएको बिरामी र गम्भीर विरामीहरुमा उपचार पद्धती फरक हुने बताएका डा. पौडेलले लक्षण नदेखिएका विरामीहरुले खानपानमा विशेष ख्याल पुरयाए सन्चो हुने उल्लेख गरे ।

याे पनि पढ्नुहाेस :-

कर्णालीका सात जनाले कोरोना जिते

कसम खुवाएर धमाधम क्वारेन्टाइनबाट घर पठाइँदै

 

कर्णालीका कोरोना संक्रमितलाई डिस्चार्ज गर्दासम्म कुनै लक्षण देखिएन

आइतबारदेखि मालपोत कार्यालय खुल्ने

कर्णालीका कोरोना संक्रमितलाई डिस्चार्ज गर्दासम्म कुनै लक्षण देखिएन

सीमा विवादबारे भारत र चीनबीच वार्ता, विश्वकै

Leave a comment

Your email address will not be published. Required fields are marked *