कर्णालीका सात जनाले कोरोना जिते

सुर्खेत, २३ जेष्ठ ।
कर्णाली प्रदेशका सात जना कोरोना संक्रमित घर फर्किएका छन् । कोरोना भाईरसलाई जितेर उनीहरु घर फर्किएका हुन । कर्णाली प्रदेशमा कोरोना संक्रमित भएकामध्ये ७ जना निको भएर शुक्रबार घर गएका छन् । कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ ।

प्रदेश अस्पतालका कोरोना रोग फोकल पर्सन डा. केएन पौडेलका अनुसार शुक्रबार डिस्चार्ज हुनेहरूमा १ जना दैलेखका, ६ जना सुर्खेतका र एक जना ठेगाना नखुलेका बोल्न नसक्ने रहेको बताए । कोरोनालाई जित्नेहरुमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नं. ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं. ८ का १७ वर्षे लक्ष्मण राना, वडा नं.४ का ३७ वर्षे धनबहादुर बस्याल, वडा नं. ९ लाटीकोइलीका ११ वर्षे रमेश सुनार र महाबु गाउँपालिका १ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन् । भने एकजना महिलाको नाम र ठेगाना अस्पतालले खुलाएको छैन ।

कर्णालीमा शुक्रबारसम्म ४ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । भने २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । त्यसैबीच कोरोना जितेर घर फर्किनेरूलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बधाई दिएका छन् । विदाइ कार्यक्रममा सामाजिक विकास मन्त्री रावल, प्रदेश अस्पतालका प्रमुख डा डम्मर खडका, स्वास्थ्य निर्देशक रिता भण्डारी, अन्य स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीसहितकाे उपस्थितिमा अाैपचारिक रुपमै विदाइ गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया