थप १७ संक्रमितको मृत्यु, मृतकको संख्या १५९४ पुग्यो

काठमाडौं, २१ मंसिर ।

नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १० जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ९६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ। कुल संक्रमितमध्ये १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ८४ हजार ५ सय १९ पुगेको छ। हाल ५ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

थप १७ संक्रमितको मृत्यु, मृतकको संख्या १५९४ पुग्यो

दैलेखमा जिप दुर्घटना हुँदा तीन जना घाइते,

थप १७ संक्रमितको मृत्यु, मृतकको संख्या १५९४ पुग्यो

श्रीकृष्णबाट एक्लिएको ६ वर्षपछि बिहे गर्दै श्वेता,

Leave a comment

Your email address will not be published. Required fields are marked *