ओलीको स्थायी कमिटीलाई पत्र, प्रचण्डले ‘आरोप पत्र’ फिर्ता नभएसम्म बैठकमा आउँदिन (पत्रसहित)

काठमाडौं, २१ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले ‘आफुमाथि निराधार आरोप’ लगाएको पत्र फिर्ता नलिएसम्म बैठकमा नआउने लिखित पत्र स्थायी समिति बैठकमा पेश गरेका छन्।

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र पढेर सुनाएका थिए।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पत्रमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमथि बैठकमा छलफल गर्न नसकिने धारणा राखेका छन्।

पत्रमा ओलीले यसअधि दाहालले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने बताएका थिए।ओलीको धारणा विपरित शनिबार बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो।

आजको स्थायी कमिटी बैठकले मंसिरमा बोलाइएको केन्द्रीय कमिटी बैठक भने पुस १ गतेलाई सारेको छ।

ओलीको स्थायी कमिटीलाई पत्र, प्रचण्डले ‘आरोप पत्र’ फिर्ता नभएसम्म बैठकमा आउँदिन (पत्रसहित)

अब जुम्ली भाषाको बेग्लै शब्दकोश

ओलीको स्थायी कमिटीलाई पत्र, प्रचण्डले ‘आरोप पत्र’ फिर्ता नभएसम्म बैठकमा आउँदिन (पत्रसहित)

दैलेखमा जिप दुर्घटना हुँदा तीन जना घाइते,

Leave a comment

Your email address will not be published. Required fields are marked *