तुलराज पाण्डे
कालिकोट, २३ बैशाख ।
कालिकोट जिल्ला भित्रिएका मध्ये दुई सय अठासी जनामात्रै क्वारेन्टाइन बसेका छन् । पछिल्लो समय जिल्लाका नौवटै स्थानीय तहमा गरी झन्डै ६ हजारभन्दा बढी मानिस जिल्ला भित्रिएका छन् । भित्रिएका सबैलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न सकेको छैन् ।
क्वारेन्टाइनमा बसेकाहरू विदेशबाट आएका तथा यसअघि संक्रमित पहिचान भएको ठाँउबाट आएकालाई मात्र राखिएको छ । उनीहरूको नमुना रयापिड टेस्ट गर्ने कार्य जारी छ । हालसम्म झन्डै एक हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेर घर फर्किसकेका छन् । जिल्लामा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
१३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि बाह्य जिल्ला पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार जिल्लामा चार सय २६ जनाको रयापिड टेस्ट र १३ जनाको स्वाब संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। यस्तै, सान्नीत्रिवेणी गाउँपालिका र तिलागुफा नगरपालिकाबाट दुई जनाको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए ।
रयापिड टेस्ट गर्ने स्वास्थ्यकर्मीको टोली गाउँमै रहेको उनको भनाइ छ । प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले कोरोनाको जोखिमका हिसाबले जिल्ला सामान्य रहेको बताए। गाउँ भित्रिएकाको ¥यापिड टेस्ट गर्दा पनि सबैको रिपोर्ट नेगेटिभ आएकाले कालिकोटमा कोरोनाको जोखिम सामान्य रहेको प्रमुख जिल्ला अधिकारी पैडेलले बताए ।
युग संवाददाता । । २३ बैशाख २०७७, मंगलवार १२:५४