कर्णाली नदीमा पुल नभएपछि जोखिम मोलेर नदी तर्दै गाडी

हुम्ला, १८ कार्तिक ।

लिमी कर्णाली नदीमा पुल नहुँदा जोखिम उठाएर गाडी नदीमै तर्न बाध्य हुँदै आएका छन् । कच्ची सडक निर्माण भएर गाडी गुड्न थालेपनि नदीमा पुल बन्ने कुनै सुरसार नहुँदा नदीमै गाडी गुडाउनुको विकल्प नभएको हो । लिमी लाप्चा सडक निर्माण भएको तीन वर्ष देखि कच्ची सडकमा गाडी गुड्दै आएका छन् ।

गाडी चालक जिक्मेत तामाङले तर हालसम्म ताक्चीको तुम्लिङमा रहेको लिमी कर्णाली नदीमा पुल नबनेपछि जोखिम उठाएर गाडीहरु नदीमा तर्दै आएको बताए । पुल निर्माण गर्न हिल्सा सिमकोट सडक आयोजना र अन्य सरोकारवाला निकायलाई माग राखेपनि कुनै सुनुवाई हुन नसकेको लिमीबासीको गुनासो छ । सडक भने आयोजनाले निर्माण गरेको हो । लिमी भ्याली आउजाउको मुख्य नदी र त्यो संगै नेपाली भुभागबाट मानसरोवर कैलाशको दर्शन गर्न जाने आन्तरिक पर्यटकहरुको संख्या बढेपछि गाडी ओहर दोहर गर्ने क्रम पनि बढेको छ ।

नेपाली भुभाग लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न पाईन्छ । चालक तामाङ डराई डराई गाडीलाई नदीमा गुडाउनु परि रहेको बताउछन् । डर त अझ साउन भदौ महिनामा वढी हुने गर्छ किन कि नदीमा पानीको बहाब बढेको कारण चालकहरु बुद्धिमत्ता किसिमले हाक्ने गर्छन् । उनले त्यतिबेला ठुला टिप्पर मात्र चल्ने तर साना गाडी बन्द हुने बताए। गतवर्ष नदीमा पानीको बहाब बढेको बेला भदौ महिनामा चालीस जना यात्रु बोकेको टिप्पर झण्डै नदीमा पल्टिनै लागेको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका अध्यक्ष पाल्जेर तामाङले भाग्यले बचेको बताए । असोज पछि भने साना जीप पनि जोखिम उठाएर नदीमै तर्दै आएका छन् । एक दर्जन टिप्पर र जीप हाल सो सडकमा सञ्चालनमा आएका छन्। अध्यक्ष तामाङले अहिलेको यो समस्यालाई मध्यनजर राख्दै नदीमा पक्की वा काठ कै भएपनि पुल निर्माण गर्न सबैलाई आग्रह गरेका छन् । लिमी जाँदा अन्य साना खोला धेरै तर्नु परेपनि कर्णाली नदीको सहायक नदी समेत रहेको लिमी कर्णालीमा पुलको आबश्यकता खड्किएको छ ।

कर्णाली नदीमा पुल नभएपछि जोखिम मोलेर नदी तर्दै गाडी

गरिब गाउँका विलासी जनप्रतिनिधिः दशैंमा मात्र सके

सम्पादकीयः विद्यालय खोलौं

Leave a comment

Your email address will not be published. Required fields are marked *