वर्षा र हिमपातको सम्भावना

काठमाडौं : भारतको जम्म–कश्मिरमा विकसित पश्‍चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ । यो प्रणाली मंगलवार रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलवार मौसम सामान्य रहेपनि बुधवारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू–भागमा हल्का वर्षाको संभावना रहेको छ । शुक्रबार र शनिबार पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद‍् वरुण पौडेलले जानकारी दिए ।

उनले भने,’ न्यूनचापीय प्रणाली नेपालको पश्चिम भू–भागबाट प्रवेश गर्दै पूर्वसम्म पुग्नेछ । जसले गर्दा सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्र र पूर्वी पहाडि भू–भागमा वर्षा र हिमपातको संभावना छ ।’ यो प्रणाली आइतबारसम्म सक्रिय रहने मौसन पूर्वानुमान महाशाखाको अनुमान छ । हिमपात र वर्षपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ ।

वर्षा र हिमपातको सम्भावना

अलमलमै न्यायिक समिति

Leave a comment

Your email address will not be published. Required fields are marked *