हिउँदेयाममा पानी, हिमपात नपर्दा कर्णालीमा समस्या

कर्णालीका रहेका हिमालय क्षेत्रमा हिउँ नपर्दा हिमालहरू काला हुनुका साथै किसानलाई खेती किसानीमा समस्या भएको छ । हिउँदेयाममा पानी, हिमपात नपर्दा कर्णालीमा समस्या भएको हो । कर्णालीका हिमाल यस क्षेत्रका नदी नाला तथा हिमपातको पानीको मुख्य स्रोत हो । आकाशे पानीको भरमा लगाएका अधिकांश खेती पानी नपर्दा पानी नपाएर सुक्न थालेको किसानले बताएका छन् । […]

बजेट खर्चमा पुरानै संस्कृति !

बजारमा मुद्राको समेत चलायमान नभएपछि यसको प्रभाव प्रत्यक्ष रुपमा कर्णालीको आन्तरिक आम्दानीमा समेत पर्छ । कर्णालीको बजेट खर्च यहाँको अर्थतन्त्र चलायमान गराउन महत्वपूर्ण सावित हुन्थ्यो । यस अवस्थामा प्रदेश सरकारले बजेट खर्चमा ध्यान नदिने हो भने कसरी हुन्छ ?

कर्णालीमा सवारी साधनको राजश्व संकलन बढ्यो सडकको अवस्था भने उस्तै

आर्थिक वर्ष २०७९/०८० मा कार्यालयले २४ करोड नौ लाख २० हजार दुई सय ४५ रुपैयाँ राजश्व संकलन गरेको छ ।

‘पिछडिएको’ कर्णाली अहिले उत्पादनको बाटोमा !

भौगोलिक विकटताले मानव विकास सूचकांकको दरलाई बढाउन सुस्तता देखिएको कर्णालीमा उत्पादन वृद्धिको बाटोले प्रदेशलाई आत्मनिर्भरता तर्फ बढाईरहेको छ ।

कर्णालीमा सडक दुर्घटना जोखिम उस्तै

सडक दुर्घटनामा सवारीको वर्गीकरण गर्दा मोटरसाइकल दुर्घटनाहरु धेरै नै भएको देखिन्छ । २०७६/०७७ देखि २०७८/०७९ सम्म भएका सडक दुर्घटनामा संलग्न रहेका सवारीहरुको विवरण हेर्दा चार सय २७ वटा मोटरसाइकल तथा स्कुटर सवारी दुर्घटनामा परेको देखिन्छ ।

मासु उत्पादनमा आत्मनिर्भर कर्णाली

अन्य प्रदेशको तुलनामा कर्णालीमा मासु उत्पादन कम भएपनि कर्णाली आत्मनिर्भर बन्ने बाटोमा दौडिएको छ । कर्णालीको प्रादेशिक आर्थिक गतिविधि अध्ययनका अनुसार देशभर मासु उत्पादन तर्फ कर्णालीको योगदान चार प्रतिशत छ ।

कर्णाली: ‘कानून बने तर पूर्वाधार विकास प्रक्रियामै’

ऐनतर्फ साउन यता प्रदेश सभामा चार वटा ऐन पारित भईसकेका छन् । प्रदेश विनियोजन ऐन, आर्थिक ऐन, निजामती सेवा ऐन र प्रशिक्षण प्रतिष्ठान ऐन सभाबाट पारित भएका छन् ।

कर्णालीमा हालसम्म एक सय २८ जनामा डेंगी संक्रमण

महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेंगीको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम आमनागरिकको पहुँचमा छैन

‘गरिबले पाउने नम्बर पनि गरिब नै हुँदोरहेछ,’ उनले भने, ‘छात्रवृत्ति प्राप्त गरी अध्ययन पूरा गरेका छात्राहरूले रकमको उचित सदुपयोग तथा उपलब्धि र रोजगारीको अवस्था अनुगमन नभएको देखिन्छ ।’

स्वार्थ जोडिँदा संसद्को कामकारबाही प्रभावकारी बन्न सकेन 

कर्णालीमा गत पुस १८ गते दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो । प्रदेशसभा गठन भएयता ७ वटा मात्रै विधेयक दर्ता भएको संसद् सचिवालयका कानुन अधिकृत मदन खड्काले बताए ।

स्याउ निर्यात गर्दै कर्णाली

बजार सम्भावना बोकेर कोशी प्रदेशको झापा कृषि बजारमा यस वर्ष पहिलोपल्ट कर्णालीको स्याउ पुगेको हो । झापाका व्यवसायीले अहिले कर्णालीको स्याउ एक सय ७० रुपैयाँ प्रतिकिलो बिक्रि गरिरहेका छन् ।