बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

हुम्ला, १ कार्तिक । 

हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्छ्याएपछि सञ्चालनमा आएको हो ।

पूर्वधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्छ्याउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो । बिहीबार हिउँ पन्छ्याएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए । सडकमा जमेको चार फिट हिउँ तीन दिन लगाएर पन्छाएपछि सहज रूपमा यातायात सञ्चालनमा आएको उनले जानकारी दिए ।

सडक सञ्चालमा आएसँगै हिमपातपछि तुम्लिङमा रोकिएका ४० जनाभन्दा बढी यात्रु सकुशल सदरमुकाम सिमकोट पुगेका छन् । हिमपातपछि लिमी उपत्यामा यतिबेला चिसो अत्यधिक बढ्दै गएको छ । यहाँको तापक्रम बिहानबेलुका माइनसमा हुने गरेको छ ।

बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

आक्रमण जारी राखे अमेरिकाले हामास विरुद्ध सैन्य

बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

“सिडिओ धर्मराज जोशीमाथि लगाइएका आरोप भ्रमपूर्णः बाँकेका

Leave a comment

Your email address will not be published. Required fields are marked *