चिया बेचेर दैनिक ८ हजार रुपैयाँ कमाउछ्न काशिरामका दम्पती

गाेल्डेन बुढा जुम्ला,
साउन २९ गते
जुम्लाको चन्दननाथ नगरपालिका -२ भण्डारीबाडा गाउँका काशीरामदे भण्डारी उमेरले ६४ वर्षका भए।उनलाई बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म दुधकाे चिया बनाउन भ्याइनभ्याई हुन्छ्।ग्राहकहरु चिया खान बिहानैदेखि भण्डारीकाे चिया पसलमा आइपुग्छन्। उनकाे पसलमा चिया खानेहरु ताती लाग्छन्। विगत १९ वर्ष देखि नगरपालिका -५ शेरा ज्युलाकाे आडमा चिया पसल संचालन गरि गुजारा चलाइरहेका छन्। उनले भने, राम्रो आम्दानी भइरहेको छ। चिया बेच्दै यही तीन छोरा र तीन छोरी हुर्काएकाे बताए।आजभोलि ‘भण्डारी बा’ को चिया पसलले परिचित छ। स्वादिलो र सस्तो चिया पाइने भएकाले ग्राहकको दिनमा सयौंभन्दा चिया खान्छन्।सानै उमेरदेखि गाईबस्तु चराएर र खेतीकिसना गरे।त्यो बेला गाउँमा स्कुल थिएनन्। सामान्य बाह्रखरीसम्म लेखपढ गरे।१५ वर्षको कलिलो उमेरमा २०२९ सालमा नेपाल प्रहरीमा जागिर खाएँ। उमेर बढाएर १८ वर्ष पुर्‍याएर जागिरे बनेको बताउँछन् । प्रहरीमा जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट र डोल्पा कर्णालीका पाँच जिल्लादेखि सुर्खेत, नेपालगन्ज र बर्दियामा जागिरे जीवन बिताएकाे बताए।भण्डारी प्रहरी सेवामा लामो समय टिक्न सकेनन्। लगत्तै काशीरामले २०४१ सालमा जागिर छोडेँ।उनी संग साथीहरू अहिले पेन्सन तलब बुझ्ने गरेका छन्।

चियाको भाँडो कट्कट्याएर गुजारा भइरहेको छ । जागिरको सुरुवातमा प्रति महिना ९० रुपैयाँ तलब थियो। घरमै खेतीपाती गरेर खाइन्थ्यो । ९० रुपैयाँ पनि बचत हुन्थ्यो । जागिर छोड्दा ४ सय ५० रुपैयाँ तलब पुगेको थियो । भण्डारीले प्रहरी जागिर छोड्ने बित्तिकै २०४२ देखि स्याउ बगैंचा सुरु गरे । बगैंचामा एक सयभन्दा धेरै विरुवा लगाए। वर्षेनी ५० हजारदेखि एक लाख रुपैयाँसम्म आउँथ्याे। अहिले पनि बगैंचा छ। विगतमा सदरमुकाम खलंगाका ६ ठाउँमा चिया बेचे। उनलेे भने,तीन वर्षसम्म तचिया बेचेर घर फर्किने गरेँ । आजभोलि दैनिक ६० माना दुध खपत हुने गरेको छ । स्थानीय जातको गाईभैंसीको दुध किनेर राख्ने भएकाले ग्राहक पनि चियाखान आइरहन्छन् ।

दैनिक तीन हजार रुपैयाँको दुध किन्छन् । प्रतिदिन ४ सय २० गिलासभन्दा बढी चिया बिक्री गर्छु।भण्डारीले भने । चिया बेचेरै दैनिक ८ हजार ४ सय रुपैयाँ कमाइ हुने गरेको छ । ५ हजार ४ सय रुपैयाँ दैनिक बचत हुने गरेको छ । कहिलेकाहीं मासिक १ लाख ६२ हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ। १० जनाकाे परिवार छ । कान्छी छोरीलाई अनमि पढ्छिन्। छोराहरू खेतीपाती गर्छन् छन्।उनकी ६१ वर्षकी दम्पती देविकन्या भण्डारीले भनिन् चिया बेचेको रकमले चलेको छ। अरु बजारमा चियाको मूल्य घटबढ भइरहेको छ । तर स्थापनादेखि नै मेरो पसलमा एउटै मूल्य छ। प्रतिगिलास २० रुपैयाँमा बेच्ने गरेको सुनाइन् । दुधको पनि एक गिलासको २० रुपैयाँ खरिद गर्छिन् । दुवै सक्रियता पसलमा छ।देविकन्याले भनिन्,कतिबेला बडा,चिया उमाल्छन,कहिले म उमाल्छु।समयअनुसार गिलास उठाउने र माच्ने गर्छाैं।सुखैमा जीवन बाचिरहेकमे छ। अहिले उनिहरुकाे ५ हजार ऋण छ।चिया पसल सबैका लागि निकै प्रेरणादायी बनेको छ। यसले ज्येष्ठ नागरिक केही गर्न सक्दैनन्। उनीहरू छोराछोरीको कमाइमा निर्भर हुन्छन् भन्ने भ्रम ताडेको छ। काशीरामले ६० वर्ष लागेदेखि नै सामाजिक सुरक्षा भत्ता खाइरहेका छन्।श्रीमान श्रीमतीको गरेर १६ हजार रुपैयाँ चार महिनामा रुपैयाँ बुझ्छन्।अहिले मेरो छावलमा साथीहरू पनि चिया खान आइरहन्छन् ।

हाम्रो काम देखेर उनीहरू छक्क पर्छन् ।चियाको स्वाद देखेर मख्ख पर्छन् ।उनिहरु कहिलेकाहीं चिया बेचेको रकमले देशका विभिन्न तीर्थस्थलमा घुम्न जान्छन्। मासिक २ हजार ६ सय रुपैयाँ पसलको भाडा तिर्नुपरेको छ । चिनी, चियापत्ती र मरिचसमेत यही रकमले खरिद गर्छन्।’आफ्नो पाखुरा हुँदासम्म आफैँ काम गरेर खानु पर्छ।’ उनले भनिन्।

चिया बेचेर दैनिक ८ हजार रुपैयाँ कमाउछ्न काशिरामका दम्पती

जापानको भिसा फिर्ता गरेर जुम्लामा हरियाली भर्ने

चिया बेचेर दैनिक ८ हजार रुपैयाँ कमाउछ्न काशिरामका दम्पती

जुम्लादेखि करिब ७० करोड कृषि बस्तु बाहिर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds