नेपालगन्ज–दिल्ली सिधा उडानका लागि सक्दो पहल गर्ने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं ,२६ साउन।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपालगन्ज–दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आइतबार मन्त्रालयमा पुगेका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालासँगको भेटमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

“यो उडानका लागि म पहिले देखि नै पहल गरिरहेको छु । नेपालगन्ज–दिल्ली उडानको एजेन्डालाई हामी प्राथमिकतामा राखेका छौँ । यसले नेपाल र भारत दुवैलाई पारस्परिक लाभ पुर्‍याउने भएकाले म यसका लागि पूर्ण रूपमा लाग्नेछु,” मन्त्री डा. राणाले बताउनुभयो ।

उहाँका अनुसार नेपाल–भारतबीचको कनेक्टिभिटी विस्तारले पर्यटन, पारवहन, उद्योग–व्यापार तथा जनसम्पर्कमा उल्लेख्य वृद्धि गर्नेछ । यसबाट पश्चिम नेपालको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने र क्षेत्रको मुहार नै फेरिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेन्डा बनाउन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलका प्रतिनिधिहरूको सर्वपक्षीय टोलीले आज मन्त्री डा. राणालाई भेटेर आग्रह गरेको हो ।

सो अवसरमा सरोकारवालाहरूले नेपालगन्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा स्थापित गर्नका लागि सिधा उडान अपरिहार्य भएको र यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दा लाभान्वित हुने जानकारी गराएका थिए ।

तसर्थ, यो उडानका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेको र विमानस्थलबाट प्रतिघन्टा ६०० यात्रुलाई सेवा दिन सकिने क्षमता रहेको पनि उनीहरूले उल्लेख गरेका थिए ।

 

नेपालगन्ज–दिल्ली सिधा उडानका लागि सक्दो पहल गर्ने : परराष्ट्रमन्त्री डा. राणा

जुम्लाको कृषि व्यापारको चम्किलो मोड : उत्पादन

नेपालगन्ज–दिल्ली सिधा उडानका लागि सक्दो पहल गर्ने : परराष्ट्रमन्त्री डा. राणा

कार्यसम्पादन नै नेतृत्वको पहिलो आधार हो :

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds