घुँयत्राे : धेरै मान्छे मख्ख छन कि दैलेखमा तेल निस्कने भाे‍ ‍‍‍…

धेरै मान्छे मख्ख छन कि दैलेखमा तेल निस्कने भाे नेपालीहरु कराेडपति हुने भए भनेर । तर त्याे तेल अनि याे र यस्तै खाले भष्टाचारी सरकारबाट उत्पादन हुने भए त तेलकाे खानि खाेजेर धनी हुने साेच राख्नृ सरकारलृ कतै खाेज्नै नपर्ने नेपालका नदिनाला र तलाउबाट बिजुलि उत्पादन गरेर आजसम्म अर्बपति बन्ने बाटाे राेजि सक्थ्याे भन्ने कुरा ती जनताले नबुझ्या हुनकि के हाे ।

अरु कुनै विकासका याेजना र उद्याेग धन्दा खाेलेर जनतालाई राेजगारी दिएर व्यापार ब्यवसायका माध्यमले देश र जनतालाई समृद्ध बनाउन नसके पनि आफ्नो देशमा भएका नदिनालाबाट बिजुलि उत्पादन गरेकाे भए नदेश आज अन्धकारमा डुव्ने थियाे नत व्यापार व्यवसायनै ओइलाउने थिए ।अहिले दैनिक बैदेशिक राेजगार र शिक्षा लिने निहुमा बाहिरिने युवाजनशक्तिलाई राेक्न सकिन्थ्याे भने विद्युतकाे उत्पादन र पहुँचले अनेकन प्रविधिको विकास भै शैक्षिक जनशक्ति समेत आफ्नै देशमा शिक्षा लिएर देशलाई तरक्किकाे बाटाेमा लैजान अग्रसर हुन्थ्याे ।

सबै तह र उमेरका मान्छेले आफ्नै देशमा केही गर्ने अबसर पाउँछ भने त्याे अबसरलाई छाेडेर पक्कैपनि विदेशि भूमिमा गएर हात पाखुरा खियाउन चाहन्न । आफ्नो घर परिवारलाई छाेडेर विदेशि भूमिमा काम गर्न र शिक्षा लिन जाने भनेकाे आफ्नो देशमा अबसर नपाएर मात्रै हाे । नेपालमा आैंलामा गन्ने प्रजातन्त्र आएकाे ७५ बर्ष भै सकेकाेछ भने नेपालीहरुले आँफैले प्रजातन्त्र ल्याएकाे (२०४६) र त्यसकाे अनुभव गर्न लागेकाे पनि ०४७ काे संविधान पछिका बर्ष जाेडदा र आैंलैमा गन्दानि ३५ बर्ष भै सकेछ ।

याे अबधिमा बर्सेनि ३ वटा जलविद्युत आयाेजना बनाउने कार्यकाे शुरुवात गरेकाे भएपनि आजसम्म कम्तीमा सयओेटा जलविद्युत आयाेजना बनेर त्यबाट विद्युत उत्पादन भई हाम्रा घर आगनमात्रै उज्यालाे हुने हैनकि विदयुतबाटै नियमित चुल्हा जल्थेभने साना दिना देखि ठूलाठूला उद्याेग चल्थे विदेशि कम्पनीहरु नेपालमा लगानि गर्न आतुर हुन्थे भने विजुलि बेचेरै देशले कराेडाैंकाे आम्दानी गर्द्थ्याे । देश र जनताका लागि केही गर्ने खालका सरकार नभएपछि भएकाे श्राेतपनि कसरी थन्किएर बस्छ र जनता कामकाे खाेजिमा कसरी भाैंतारिनु पर्छ भन्ने कुरा त कसैले भनी दिनै पर्दैन सबै जगजाहेरैछ ।

भष्टाचारमा संसारभर नाम कमाएकाे र विदेशी हरुले समेत नेपालकाे सरकार भष्टाचारी भनेर सार्वजनिक रुपमा बाेल्दै गरेर नेपाललाई आर्थिक सहयाेग आँफुलेनि नगर्ने र अरुलाईनि नगर्न अभिव्यक्ति दिँदै सहयाेग नदिएर नेपालका कैयौं कार्यक्रमहरु तहसनहस भै सकेका छन । यसरी भष्टाचारमा नाम कहलाएकाे सरकारलाई कसले सहयाेग दिन्छ र सरकारले दैलेखकाे तेल रिफाईन गरेर बेचेर जनता धनी बनाउँछ । सतहमा वगेकाे पानिकाे सदुपयाेग गरेर सिचाइ र विद्युतकाे समेत ब्यवस्थापन गर्न नसक्ने सरकार बाट दैलेखकाे तेल रिफाईन गरेर बजारमा आउने त्यस्ताे काेरा र असम्भब सपना नदेखम ।

भष्टाचारीहरुले थिलाे थिलाे पारेकाे याे देशमा कुनैपनि काम त्यति सजिलै हुने सम्भाबना छैन उनिहरुकाे नजरमा आफू, आफ्ना कार्यकर्ता र आफ्नो परिवारले फाईदा पाउने देेखे उनिहरु त्याे काम गर्छन अन्यथा त्याे काम नगर्ने परिपाटी हामीले देखिरहेकैछम त यस्ताे अबस्थामा सरकारबाट के आश गर्ने ? आँफैले बनाउन सक्ने विद्युत आयाेजना त नबनाएर देशलाई अन्धकारमा राख्ने सरकारले ग्याँस उत्पादन गर्ला र हामीले प्रयाेग गर्न पाम्ला भनेर नसाेचम् किनभने नेपालकाे सरकार जनताकाे सरकार हैनकि भष्टाचारीकाे सरकारहाे ।यसबाट कुनै कुराकाे आश गर्नु ” आकाशकाे फल आँखातरी मर” भन्या जस्तै हाे ।

घुँयत्राे : धेरै मान्छे मख्ख छन कि दैलेखमा तेल निस्कने भाे‍ ‍‍‍…

सम्पादकीय : कर्णाली कोरिडोरले प्राथमिकता पाओस् !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds