कर्णाली प्रदेशका एक लाख बढी किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप लगाइने
कर्णाली प्रदेशका १ लाख २० हजार ५ सय १० जना किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप लागाइने भएको छ । दश वटा जिल्लाका किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप भएको हो ।
जुम्लाका ८ हजार ८ सय २९ जना, मुगुका ४ हजार ३ सय ७९, डोल्पा २ हजार ६ सय ४१, हुम्लाका ३ हजार ७ सय ३६, कालिकोट ११ हजार ९ सय २३, रुकुम पश्चिम १२ हजार १ सय ६, सल्यानमा १४ हजार ५ सय १३, सुर्खेत २८ हजार ३ सय ४०, जाजरकोट १५ हजार ९ सय ५२ जना र दैलेखमा १८ हजार ९१ जना किशोरी सहित कुल १ लाख २० हजार ५ सय १० जना किशोरी खोप दिइने भएको छ ।
नियमित खोपको लक्षित समुहतर्फ कर्णाली प्रदेशभरि २१ हजार ६ सय ५७ छन् । अभियानको लक्षित समुह कक्षा ७–१० सम्म किशोरीहरु ७९ हजार १ सय ३४ जना र विद्यालय नजाने ११–१४ वर्षका किशोरी १९ हजार ७ सय १९ छन् । गरि कुल ९८ हजार ८ सय ५३ किशोरी छन् ।
यहीँ माघ २७ देखि फाल्गुन २ गतेसम्म एचपिभि खोप लगाईने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । पहिलो चरणमा चन्दनननाथ नगरपालिका, पातारासी, गुठीचौर, तातोपानी र तिला गाउँपालिका लगाइने छ भने, दोस्रो चरणमा फाल्गुन १ र २ गते हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा खोप संचालन गरिने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सोपकाटाले बताए ।
विद्यालयमा अध्ययन कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहकालाई एचपिभि खोप लगाईने उनको भनाइ छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जुम्लाका सामुदायिक तथा निजि विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने एच।पि।भि विरूद्धको खोप दिइने छ ।
भाइरस विरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क संकलन भई सकेको छ । देशव्यापी खोप कार्यक्रम अन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक संचालन हुनेछ । विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहका १ हजार ५ सय ८६ जना र विद्यालय भित्रका ७ हजार २ सय ४३ गरि कुल ८ हजार आठ सय २९ जना किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाका १ हजार ८ सय ७९ जना, गुठीचौर गाउँपालिकामा ५ सय २०, हिमामा १ हजार १३ र कनकासुन्दरीमा ९ सय ६७ जनालाई खोप लगाइने छ । त्यस्तै पातारासी गाउँपालिकामा १ हजार एक सय ५८, सिंजामा ९ सय ७, तातोपानीमा १ हजार १ सय ५३ र तिलामा १ हजार २ सय ३२ जना किशोरीलाई खोप लगाइनेछ।विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ ।
नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एच।पि।भिको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् ।हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ ।





