सम्पादकीय : पेट्रोल अन्वेषणले जगाएको आश

दैलेखमा जारी पेट्रोलिय पदार्थ अन्वेषण अन्तर्गतको ‘ड्रिलिङ’ (जमिनमुनी मेसिनको सहायताले खन्ने काम) सम्पन्न भएको छ । २८ वैशाख २०८१ बाट सुरु भएको ड्रिलिङको काम बुधबार (१७ पुष) सम्पन्न भएको हो । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित अन्वेषण स्थलमा ड्रिलिङको काम चार हजार दुई मिटरमा पुगेर टुङ्गिएको हो । वैशाखबाट सुरु भएको ड्रिलिङको काम असोज मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कडा चट्टानका कारण आयोजना लम्बिन पुगेको थियो । आयोजना अन्तरगत मुख्य ड्रिलिङको काम सम्पन्न भएसँगै यसले आशा जगाएको छ । आयोजनाबाट प्राप्त नतिजा अनुसार दैलेखमा प्राकृतिक ग्याँस रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । यो समर्ग देशकै लागि सकारात्मक सन्देश हो ।

चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषणको कार्य भइरहेको छ । २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दी गरेपछि चर्चामा आएको पेट्रोलियम पदार्थको खानीमा खनिज रहेनरहेको पत्ता लगाउन अन्तिम नतिजा उन्मुख चरणको काम जारी छ । विभिन्न सरकारी अध्ययनले दैलेखमा पेट्रोलियम पदार्थ छ भन्ने प्रमाणित भइसकेको छ । अन्वेषण अन्तर्गतको मुख्य काम ड्रिलिङ सम्पन्न भएसँगै अब कुन अवस्थामा पेट्रोलियम भण्डार छ र यसको उत्खनन् प्राविधिक र आर्थिक हिसाबले उपयुक्त छ या छैन भन्नेबारे अध्ययन हुनेछ ।

दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि विज्ञबाट प्रत्येक दुई÷दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण हुँदै आएको छ । त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन भइरहेका छन् । ड्रिलिङबाट सङ्कलन गरिएका नमुनाको परिक्षण चीनमै हुने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने देखिन्छ । ड्रिलिङबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार प्राकृतिक ग्याँस निस्कन सक्ने सम्भावना उच्च रहेको अध्ययनमा संलग्न प्राविधिकहरु बताउँछन् । ड्रिलिङको काम सम्पन्न भएसँगै अब होलहरुमा टेष्ट गर्ने, होललाई सुरक्षित बनाउने कामहरु हुने जनाइएको छ । अर्को चरणमा हामीले संकलित नमुनामा ग्यास टेष्टिङ गर्ने कार्य अघि बढ्छ । परीक्षणबाट प्राप्त नतिजाअनुसार उत्खनन्को सम्भावनाका विषयमा अध्ययन भए पश्चात अर्को चरणको काम अघि बढ्छ । आयोजनालाई अन्तिम रुप दिन अर्को चरणको काम कहिले सुरु हुन्छ त्यसमा भर पर्छ ।

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन्को विषय आजको भने होइन । सरकारी अध्ययनहरुले नै पेट्रोलियम पदार्थ रहेको पुष्टि गरिरहदा यसको उत्खनन्मा भने अपेक्षाकृत गती हासिल गर्न सकिएको छैन । विभिन्न समयमा परियोजना अगाडी बढाउने विषमा ढिलाई हुँदा उतखनन्को काममा बिलम्ब हुँदै आएको छ । सगर्म देशकै विकासमा जोडिएको परियोजनाका बाँकी चरणका कामहरु अब भने तीव्र गतिमा बढाउनु पर्दछ । जमिनमुनी खन्ने काम सम्पन्न भएसँगै अब बाँकी चरणका कामहरु अगाडि बढाई तोकिएकै समयमा वास्तविक अवस्था पत्ता लगाउनतर्फ राज्यले ध्यान पु¥याउनु पर्दछ । यो महत्वपूर्ण परियोजना सफल भएको खण्डमा समर्ग देशले पेट्रोलियम पदार्थको उत्खनन्मा फड्को मार्ने छ भने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने निश्चित छ । यसबाट समर्ग देशलाई पेट्रोलियम पदार्थमा भारतसँगको निर्भरता अन्त्य हुने अपेक्षा गर्न सकिन्छ । यसर्थ, परियोजनालाई अन्तिमरुप दिन बिलम्व गरिनु हुँदैन ।

सम्पादकीय : पेट्रोल अन्वेषणले जगाएको आश

सिम्तामा अपांगता विद्यार्थीलाई न्यानो कपडा वितरण

सम्पादकीय : पेट्रोल अन्वेषणले जगाएको आश

सुदुरपश्चिम र कर्णाली जोड्ने सडक स्तरोन्नती हुँदै,

This will close in 0 seconds