नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी


नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताएका छन् ।

बाँके उद्योग वाणिज्य सङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा उनले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वशर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

मन्त्री भण्डारीले केही ठूला र मझौला उद्योग बढ्दै गएका बताउँदै रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व हो भने । लगानी प्रवर्द्धन गर्दै विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिइएको बताए । उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा केन्द्रित रहेर काम गरिरहेको बताए ।

शनिवार नै प्रेस चौतारीले मन्त्री भण्डारीसँग गरेको छलफलमा उनले संविधान संशोधनका विषयमा पनि सत्तासाझेदार दलबाहेकका अन्य राजनीतिक शक्तिहरूसँग विमर्श गरिने जानकारी दिए ।

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

निशुल्क आँखा शिविरमा मोतियाविन्दु भएका ९६ जनाको