कर्णालीका हिमाली जिल्लामा भिस्याट प्रबिधिद्वारा टेलिफोन सेवा


कर्णालीका हिमाली तथा दुर्गम जिल्लामा भिस्याट प्रणालीबाट मोवाईल टेलिफोन सेवा सञ्चालन आएको छ । नेपाल टेकिलमले दुर्गम तथा हिमाली जिल्लामा मोवाईल सेवा पु¥याउने उद्देश्यले कर्णालीका हिमाली तथा दुर्गम क्षेत्रमा भिस्याट प्रणालीबाट मोवाइल सेवा शुरु गरेको हो ।
कर्णालीका हिमाली जिल्ला कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्ला र सुदुरपश्चिमको बाजुरा जिल्लामा दुर्गम क्षेत्रमा भिस्याट प्रर्णालीबाट मोवाइल सेवा शुरु गरेको छ । नेपाल टेलिकमले देशभरका विभिन्न विकट तथा दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।
हुम्लाको नाम्खा गाउँपालिका–३ मा अवस्थित रानीसैनमा कम्पनीले भिस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको छ । बाजुरा सदरमुकाम मार्तडीदेखि गाडीमा एक दिन र त्यसपछि करिब चार दिन हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटदेखि गाडीमा तीन–चार घण्टा र एक दिन पैदल हिँडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानमा भिस्याट सेवाबाट स्थानीय बासिन्दा सोनाम लामाले बताए ।
‘यो भन्दा पहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथी ५५ सय मिटर उचाइको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो’ उनले भने, ‘अब भने यहाँका करिब छ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने छन् ।’
सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरन क्षेत्र हो । यहाँ ६ महिनाभन्दा बढी समय हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब ३६०० मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भएपछि त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुने टेलिकमले जनाएको छ ।
भिस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताजाकोट जिमानादेखि करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पु¥याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।
सैपाल हिमाल क्षेत्रमा रहेको सो भन्दा करिब २० किलोमिटर तल लाम्पाटा र माथी पाँच हजार पाँच सय मिटर उचाइमा पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने नेपाल टेलिकम हुम्लाका प्राविधिक सहायक रामबहादुर खातीले रानीसैन क्षेत्रका करिब छ सय बासिन्दाले सहज तरिकाले टेलिफोन सेवा पाउने बताए ।
भिस्याटमार्फत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति लिएपछि सेवा सुरु भएको थियो । सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरन क्षेत्र हो ।
यहाँ छ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब तीन हजार छ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भएपछि त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुने प्राविधिक सहायक खातीले बताए ।
त्यस्तै, नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा अवस्थित भिस्याट प्रविधिलाई लिंक गरी सेवा सञ्चालनमा ल्याएको हो ।
मुगुम कर्मारोङ जिल्लाको सबैभन्दा विकट र दुर्गम स्थानमा रहनुका साथै चीनको सीमाना तत्कालिन मुगु गाविसको मुगु गाँउ नाक्च्या लाग्नासँग जोडिएको गाउँपालिका हो । यो करिब ३ हजार मिटर उचाईमा अवस्थित छ ।
मुगु सदरमुकाम गमगढी र प्रसिद्ध रारातालदेखि तीन दिन पैदल हिडेर सो स्थानमा पुग्न सकिन्छ । उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । स्थानीय वासिन्दाहरु करिब ३ घण्टा हिडेर मोबाइल सेवा उपभोग गर्ने गरेका थिए । अब भने उनीहरुले घर आँगनमै मोबाइल सेवा प्रयोग गर्न पाउने भएका छन् ।
अब यो सेवाबाट त्यस स्थानका करिव दुई सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । उनीहरुले जीएसएम मोबाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।
नेपाल टेलिकमले गत २०८० कात्तिक १७ पश्चात भूकम्प गएको समयमा जाजरकोटका भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गर्दै स्याटलाइट उपकरणमार्फत दुई टेलिसेन्टर स्थापना गरेको थियो । कम्पनीले हाल देशभरका विभिन्न दुर्गम र विकट स्थानमा भिस्याट टेलिसेन्टर साइट र जीएसएम भीस्याट व्याकहल साइट सञ्चालन गरिरहेको छ ।
अप्टिकल फाइबर र माइक्रोवेभ रेडियोमार्फत सेवा सञ्चालन गर्न कठिन यी स्थानमा भिस्याटमार्फत सेवा सञ्चालन गरिएको छ । हाल देशका विभिन्न २४ स्थानमा भिस्याट टेलिसेन्टर सञ्चालित छन् भने विभिन्न ४९ स्थानमा भिस्याट व्याकहल मार्फत मोबाइल सेवा सञ्चालित छन् । भिस्याट टेलिसेन्टरमा टेलिफोन (भ्वाइस कल) गर्न र २५६ केबीपीएस गतिसम्मको इन्टरनेट डेटा सेवा चलाउन सकिन्छ ।
हाल सोलुखुम्बुको बुलुङ, सिन्धुपाल्चोकको भोटेकोशी, दोलखाको गौरीशंकर, रसुवाको गोसाईकुण्ड, गोर्खाको चुमनुत्री, मनाङको टंकी मनाङ, नेस्याङ र धारापानी, म्याग्दीको अन्नपूर्ण, प्युठानको झिमरुक, हुम्लाको नाम्खा, डोल्पाको छाको ताङसोड र शे फोक्सुण्डो, दार्चुलाको अपि हिमाल र व्यासका विभिन्न २२ स्थानमा भीस्याटबाट सेवा सञ्चालनमा रहेका छन् ।
त्यसैगरी जाजरकोटमा इमर्जेन्सी अवस्थामा प्रयोग गर्न सकिने गरी दुई साइट स्थापना गरिएको छ । कम प्रतिफल आउने र तुलनात्मक रुपमा बढी लागत पर्ने स्थानमा नेपाल टेलिकमले नेपाली जनताको हितका लागि भिस्याट प्रविधिमार्फत दुरसञ्चार सेवा उपलब्ध गराइरहेको छ । भौगोलिक रुपमा कठिन स्थानमा अप्टिकल फाइबर र माइक्रोवेभ रेडियोबाट लिंक स्थापित गर्न समेत अप्ठेरो हुने यस्ता स्थानमा स्याटलाइट प्रविधिबाट नेपाल टेलिकमले सेवा उपलब्ध गराइ रहेको छ ।
पहिले धेरै स्थानमा भिस्याट मार्फत सेवा उपलब्ध भइरहेकोमा पछिल्लो समयमा ती साइटलाई सम्भव भए सम्म माइक्रोवेभ र अप्टिकल फाइबर मार्फत उच्च क्षमताको सेवा उपलव्ध गराएकाले साइटको संख्या घट्दै गएको हो ।
यसले गर्दा कतिपय स्वानमा भएका भिस्याट साइट समेत हाल माइक्रोवेभ र अप्टिकल फाइबरमार्फत प्रतिस्थापन भइसकेका छन् । आगामी दिनमा समेत क्रमशः यस्ता साइटलाई उच्च क्षमताको माइक्रोवेभ र अप्टिकल फाइबरमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिने कम्पनीको योजना छ ।
कर्णालीका कुन कुन ठाउँमा राखिएको छ भिस्याट
हुम्लाको चंखेली, सर्केगाड, श्रीनगर, अदानचुली, राया, खार्पुनाथ, मदाना, ताँजाकोट, डोल्पाको छाको ताङसोङ, काइके, फोकसुण्डो, शे फोक्सुण्डो, डोल्पोबुद्ध, जुम्लाको कालीकाखेतु, हिमा, गुठीचौर, मुगुको रारा मुर्माटप, छायाँनाथ, मुगुम कार्मारोङ, कालीकोटको मान्म, भीई हुम्लाको सिमकोट, मुगु गाउँमा भिस्याट प्रणालीबाट मोवाइल फोन सेवा सञ्चालन गरिएको नेपाल टेलिकमले जनाएको छ ।






