आई.पि.भी खोप लगाउनेको संख्या ७ हजार बढि


कालिकोटका ९ वटै स्थानीय तहमा आई.पि.भी खोप लगाउनेको संख्या ७ हजार ३ सय ,५० जना रहेका छन् ।कालिकोटमा २०८१ साल जेष्ठ १३ गतेदेखि १५ गते सम्म ६ वटा स्थानीय तहहरुमा आई.पि.भी खोप अभियान संचालन हुदैछ ।

पहिलो चरणमा ६ वटा स्थानीय तहका ५ वर्ष देखी ८ वर्ष उमेर समुहका ४ हजार ९ सय ५० जनाले सेवा लिने छन । खोप संचालन हुने पालिकाहरुमा खाँडाचक्र नगरपालिका,तिलागुफा नगरपालिका,महावै गाउँपालिका,नरहरीनाथ गाउँपालिका पलाँता गाउँपालिका र पचालझरना गाउँपालिका हुन ।

दोस्रो चरणमा २ हजार,४ सय ५० जनाले सेवा पाउने छन् । २०८१ जेठ १७ गतेदेखि १९ गते सम्म ३ वटा स्थानीय तह रास्कोट नगरपालिका,सान्नीत्रिवेणी गाउँपालिका र शुभकालिका गाउँपालिकामा खोप अभियान संचालन हुने स्वास्थ्य सेवा कार्यालय कालिकोटका सुचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले जानकारी दिए ।
पालिका स्तरिय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रममा यो तथ्यांक आएको हो ।

खाँडाचक्र नगरपालिकामा पालिका स्तरिय खोप समन्वय समितिलाई अभिमुखिकरण दिइएको छ । आई.पि.भी खोप अभियान २०८१ सफल पार्नको लागि नगरपालिका स्तरिय खोप समन्वय समितिलाई अभिमुखिकरण गरिएको हो ।खाँडाचक्र नगरपालिका ,आधाभुत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा दादुरा–रुबेला खोप अभियानको समीक्षा तथा आई.पि.भी. खोप अभियान २०८१ सम्बन्धि पालिका स्तरिय खोप समन्वय समितिका पदाधिकारी, संचारकर्मी, सरोकारवालाहरुको लागि अभिमूखिकरणको आयोजना गरिएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका जन स्वास्थ्य अधिकृत कटक बहादुर महतले अभिमुखिकरणको उद्येश्य माथि प्रष्ट पारेका छन् ।

दादुरा–रुबेला खोप अभियानको प्रगति विवरण, सकारात्मक पक्षहरु, भए गरेका नविनतम प्रयासहरु, समस्या र चुनौतीहरु तथा समाधानका प्रयासहरु, सुधार गर्नुपर्ने पक्षहरुको विश्लेषणात्मक टिप्पणी सहित समीक्षा गर्ने अभिमुखिकरणको उद्येश्य रहेको बताए ।

आई.पि.भी. खोप अभियानको औचित्य, सञ्चालन कार्यनीती, कार्य सञ्चालन प्रक्रिया, बजेटको ब्यवस्था, पूर्वतयारीका क्रियाकलापहरु र जिल्लाको योजना तर्जुमाबारे जानकारी गराउने तथा पूर्णखोप सुनिश्चितता, खोप महिना,खोज र खोप रणनीतिवारे सहभागिहरुलाई जानकारी दिने उद्येश्यले पालिका स्तरिय खोप समन्व्य समितिलाई अभिमुकरण गरिएको महतले बताए ।

आई.पि.भी. खोप आपूर्ति नभएको अवधिमा यो खोप लगाउन छुट भएका बालबालिकालाई एक मात्रा आई.पि.भी. खोप दिएर बालबालिकामा पोलियो रोग विरुद्धको प्रतिरोध क्षमता कायम गर्नु अभियानको लक्ष रहेको खाँडाचक्र नगरपालिका स्वास्थ शाखाका क्षयरोग मुक्त अभियानका कार्यक्रम संयोजक पुष्पराज पाण्डे बताए । खाँडाचक्र नगर प्रमुख कमल बहादुर शाहीको अध्यक्षता,निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाहीको विशेष आथित्यता तथा बिभिन्नवडाका अध्यक्षहरुको आथित्यतामा कार्यक्रम भएको हो ।

स्वास्थ क्षेत्रको विकासका लागि नगरपालिका सधै लागि परेको बताउदै आगामी दिनमा स्वास्थ्य क्षेत्रका चुनौतीहरु समाधान गर्ने नगर प्रमुख शाही बताएका छन् ।

आई.पि.भी खोप लगाउनेको संख्या ७ हजार बढि

प्रति लिटर हजार रुपैयाँमा बिक्री हुन्छः जुम्लामा

आई.पि.भी खोप लगाउनेको संख्या ७ हजार बढि

भौतिक संरचनाले मात्रै जिवन सम्पन्न हुदैन