भौतिक संरचनाले मात्रै जिवन सम्पन्न हुदैन


समाजको उत्पत्ती मानवीय चेतनासंगै भौतिक संरचना निर्माण हुन थालेको हो । शुरुमा मानव डुलुवा सिकारी जिवनमा वास बस्न ओढारमा बस्ने गर्थे । चेतनाको विकास, दैविशक्ति उत्पत्ती मानवियमाथी मनोविज्ञान ह“ुदा प्रिती पुजा दुङ्गाको काप, रुखठेलामा सुखदुखमा पुजन क्रिया गर्दै कविला राज्य कालबाट मानविय श्रम शोसण मानव माथी हुन थालेपछी विशाल दरवार, विभिन्न धर्म प्रतिदिन आत्मसन्तुष्टिको लागि विभिन्न धर्मका आस्था विसाउने धार्मिक भवन (मन्दीर) निर्माण गर्दै कविला राज्य एकिकरण पछी विशाल पृथ्वीका भुभागमा विशाल राज्य खडा ह“ुदा धर्मद्धारानै धार्मिक राज्य शासन हु“दै धार्मिक शोसणका अनेक धर्मभित्र धार्मिक भिरुले धर्म ग्रन्थमा थप्दै गएका हुन । शुरुका धर्म प्रतिपादन गर्ने ऋषिमुनि भनिने मानवले मानविय उत्पादन संचार आजको जस्तो दुर्तगती नह“ुदा लामो जिवन जिउन स्वस्थ रहन धार्मिक नीति निर्माण हरेक धर्मभित्र गर्न पुगेका थिए ।
सत्य युगपछि दवापर तेत्त्रा युगमा आईपुग्दा राज्य शान्ती श्रोत मानविय श्रम लुट्न भाईको हत्या गर्ने राज्य शक्ती श्रोत आफनो बनाउने हाम्रै महाभारत रामायण बोल्छन होलान । शुरुमा मैला पुरुष समान थिए । भगवती, सरस्वती, काली–महाकाली थुप्रै विर¨ना देवीहरु थिए हामै्र हिन्दु ग्रन्थहरु बोल्छन । राज्यशक्ति श्रोत पुरुषले आफनो एकाधिकार बनाउ“दा महिला अधिकार सबै छिनेर लिँदा अनेकौ धार्मिक संस्कृतीबाट बन्देज पर्दा बुर्का भित्र बस्नु पर्ने महिलाले पुरुषले बहुपत्नी प्रथा सञ्चालन गर्दा १६००८, ग्वालीन रानी १६०८ पटरानी हिन्दु, मुस्लीम सरिया कानून हजारौ रानीलाई मठ मन्दिर मस्जिदभित्र पस्न बन्देज अहिलेसम्म चलिरहेकै छ ।
नेपाल मै ४२ रानी राख्ने सात रानी सती गएको पठाएको श्री ३ जंग बहादुर राणा (कुवर) इतिहा“स साक्षी छ । त्यहि धार्मिक युगमा धार्मिक शासन चलाउने विशाल मठ मन्दिर, मस्जिद, गिर्जाघर, दरवार मानविय श्रमश्रोतबाट निर्माण गरेका संसार प्रायः सबै भूभागमा पाइन्छन । अहिले पनि हाम्रो नेपालमा एकल धार्मिक राज्य निर्माण निरुन्कुश राजतन्त्र ल्याउन आउ भन्ने धर्म राजाको नाममा बसी खानेहरु हल्लाको सपना दलालहरुको भिड उर्लिरहेको छ । राजा, धर्मले मानविय विकास हुने भए डेनमार्क, नेदरल्याण्ड, स्वीडेन जस्तो नेपाल मै आत्मनिर्भर भाडाको श्रमदास लाहुरे साँस्कृतिक अन्त्य भै सक्ने थियो ।
ई.स. १७ औ शताब्दि लाग्दा विश्वका आजका विकसित मुलुकहरुले निरुन्कुश सामान्तवाद विरुद्ध बहुदलिय प्रजातन्त्र स्थापना मानव विवेकले प्रकृतीसंग संगम गरी मानव सट्टा मेसिन मालवस्तु उत्पादन गरी विश्वका विभिन्न मुलुकमा उपनिवेश खडा गरी वस्तु विनियमबाट ठुलो श्रम शोषण गर्दा पँुजीपतीहरु श्रम शोसणका लागी प्रथम दोस्रोे विश्वयुद्ध हु“दा ठुलो मानव संहार हँुदा उपनिवेशबाट विश्वका धेरै मुलुकहरु साम्राज्यवादी उपनिवेशबाट स्वतन्त्र हुन पुगे । तब समाजवादको उदय पछी श्रमको मुल्याङ्कन हुन २०० बर्ष हुन थालेको भयो ।
संसार एतिविधि उथलपुथल हु“दा ई.स. को विसौं शताब्दि लाग्दासम्म मेरो नेपालमा निरुन्कुश सामान्त धर्मवाद दरवारिया शक्तिको हाली मुहाली अंगे्रज साम्राज्यको उपनिवेश रक्षा गर्न जाने भाडामा पठाउने लाहुरे सांस्कृती रही रहेका अझै छौं । प्रजातन्त्र प्राप्त गर्न करिब एक सय बर्ष शहिदले रगत बगाउ“दा प्रजातन्त्र पुनःस्थापना पछी पनि १७ हजारले रगत बगाउ“दा गणतन्त्र स्थापना भएको छ । २४० बर्ष निरुन्कुश सामान्तले शासन गर्ने राजपरिवारको अन्त्य, धर्म निरपेक्ष राज्य स्थापना भएको छ । लामो समय स्वतन्त्रताका लागी बिगुल फुक्ने जेलनेल खाने स्वतन्त्रताका सेनानीहरु जनमतबाट विजय भएर सत्ता परिचालित गरिरहेका छन् ।
प्रजातन्त्र पुनःस्थापनाका ३५ बर्ष गणतन्त्रका १७ बर्षका निर्वाचित सत्ता जानेहरुमा सामान्ती धङ्धगी छोड्न नसकेर स्थानीय जिल्लादेखि प्रदेश, केन्द्रीय राजधानीसम्म घर बनाउने होड चलाईरहेका छन् । जंग वहादुरले लगाएको लाहुरे संस्कृती बढाएर म्यानपावर खोली युवायुवती श्रमदासको रुपमा प्रदेश पठाएर कृषि पशुपालन आत्मनिर्भर नेपाललाई परनिर्भरता पु¥याउने संस्कृतीको विकास गराइरहेका छन् ।
त्यहि सामान्ती संस्कृतीले प्राकृतिकले उपहार स्वरुप अनेकौ वहुमुल्य सम्पदा मेरो नेपाल भूमि भरिपूर्ण छ । त्यसको भौतिक उपयोग नगरी परदेश श्रम पोख्न जाने युवायुवती बर्षौबर्ष श्रम पोखेको श्रम वजार विस्तार हु“दा घर घडेरी बै“क, सहकारी ऋण गरी एउटा घर गाउ“ शहरमा निर्माण गर्छन । कर्मचारी र नेताहरु ब्यवस्थित भौतिक विकास नगरी आफनो शहर वजारमा राम्रो घर बनाउन राम्रो उच्च शिक्षा, रोजगारी छोराछोरी लिने विकशित मुलुुक पठाउने कुन कुन प्रकारले भ्रष्टाचार, कमिशन आउँछ कार्यालय थप बनाउने, विभिन्न विकासे योजना बनाउने देशभर फायल खडा गरी योजना पास गरिरहेका छन् ।
मेरो कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत अफिस घर हेर्ने हो भने पंचायतकालमा विदेशी लगानीमा काठैकाठले निर्माण गरिएका अत्यन्त स्वस्थवद्र्धक भवन जिल्ला प्रशासन कार्यालय नया“ भवन बनाई खाली छ । भेरी ववई डाइर्भसन भवन खाली मुसा दर्गुछन् । हुलाक, मालपोत खाली नया“ भवन पुराना कर्मचारी क्वाटर खाली गरी विशाल नयाँ भवन, उदाहरण छन् अरु थुप्रै अनगन्ती पनि रहेका छन् । यता जंगलमा हजार बर्ष खडा, हजार बर्ष पढा, हजार वर्ष सडा सालको काठ तस्करले विदेश पठाउने र जंगलमा सड्दै छन् ।
घर निर्माण साम्रागी अफिस सजाउने कोरिया, भारत, चिन, भेतनामदेखी विभिन्न मुलुकदेखी आयात गरी सजाउने कमिसन को खोलो चलिरहेको छ । अझ योजना तल उपभोग गर्ने जनताको भाग भन्दा कम्प्यूटरमा बस्नेले रातो पुस्तक आफनो व्यक्तिलाई योजना हाली दिने क्रियाले के हामी आत्मनिर्भर हौला ? हौला हाम्रो भन्दा ? कति सानासाना युरोपका प्राकृतिक सम्पदा नभएका मुलुकहरु आर्थिक मितव्यिता गरी आत्मनिर्भर सुखी सम्पन्न जिवन जिइरहेका छन् । हाम्रो पहाडमा कति वहुमुल्य युगौंयुग आयु हुने घर बनाउने ढुंगाहरु छन् । तर तराईको माटोमा रकम पैठारी गरी घर निर्माण गर्छौं । ढुंगालाई वैज्ञानिक तरिकाले कटान गर्ने तिर शोच छैन । विदेशी सहयोग ऋण लिएर आलिसान महल निर्माण लगानी ऋणमा डुबेकाले आर्थिक मन्दी नेपालमा आएको हो । सा“वा ब्याज बुझा“उन नसक्दा कतिघर लिलाम चढने अवस्थामा छन । अब घर कसले किन्ने ? पत्रकारदेखी कर्मचारी, नेता, कार्यकर्ता कार्यालयमा तेलको कुपन लिने ता“ति लागिरहन्छ ।
न.पा.गा.पा. गाडी चल्दा चल्दै, नया“ गाडी विदेशी सामान खरिद सजावट आतुरमा छन् । कृषि पशुपालन अन्त्य भएर परदेशबाट खाद्यान्न, पशु आयात गर्दा के युवा स्वदेश श्रम बगाउलान गाइहरु छाड्लान घुम्न छाड्लान प्रजातन्त्र प्राप्त भै गणतन्त्र शक्ति विकेन्द्रीकरण १ वर्षे ९ महिने सरकार बदल्दैमा देशले सम्बृद्धी लिँदैन । भौतिक संरचना निर्माण विप्रेशनले मात्र मानविय जिवन सम्पन्न हु“दैन । उत्पादन चेतना वृद्धी जस्ता कार्यक्रम तिनै तहका सरकारले पहिलोमा राख्नु पर्छ तव मात्र देशले समृद्धीको वाटो तय गर्नेछ सबैजनमा चेतना भया ।






