बुद्ध एयरले काठमाण्डौं–सुर्खेत भाडा घटायो ८६५

सुर्खेत, २२ जेष्ठ ।
हवाइ इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको छ । बुद्धले गन्तव्यअनुसार २२५ देखि १ हजार १०५ रुपैयाँसम्म भाडादर घटाएको जानकारी दिएको छ । काठमाडौं–सुर्खेत उडाउनमा ८६५ रुपैयाँ भाडा घटाएको छ । केही समयअघि नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो ।

त्यस्तै बजेट मार्फत् सरकारले इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर पनि हटाइदिएको थियो । समग्रमा इन्धनको मूल्य घटेपछि बुद्धले सोहीअनुसार भाडा समायोजन गरिएको जानकारी दिएको छ । लकडाउनका कारण उडान बन्द भएपनि खुल्ने वित्तिकै उडानका लागि सबै तयारी पुरा गरिएको एयरलाइन्सले जानकारी दिएको छ ।
गन्तव्य घटेको भाडा (रु)
माउण्टेन फ्लाइट     ८६०
काठमाडौं – भरतपुर २७०
काठमाडौं – पोखरा ३९५
काठमाडौं – विराटनगर ६००
काठमाडौं – जनकपुर ३२०
काठमाडौं – सिमरा २२५
काठमाडौं – भैरहवा ५१५
काठमाडौं – धनगढी ११०५
काठमाडौं – नेपालगञ्ज ८१५
काठमाडौं – भद्रपुर ७५०
काठमाडौं – तुम्लिङटार ४६५
विराटनगर – तुम्लिङटार २७०
पोखरा माउण्टेन फ्लाइट ७८५
पोखरा – भरतपुर २८०
पोखरा – भैरहवा ३२५
काठमाडौं – राजविराज ५१०
काठमाडौं – सुर्खेत ८६५

तपाईको प्रतिक्रिया