दुल्लुमा स्थानीय पाठयक्रम बारे प्रबोधिकरण, बिषय बिज्ञ ४ जना सम्मानित

दुल्लु नगरपालिकाको आयोजनामा आधारभुत तह को स्थानीय पाठ्यक्रम “हाम्रो संस्कृति : हाम्रो परम्परा’’ को प्रबोधिकारण तथा पाठ्यपुस्तक निर्माण कार्यशाला गोष्ठी संचालन भएको छ । स्थानीय पाठ्यक्रमको बारे जानकारी दिनका लागि सो कार्यक्रम गरिएको हो ।

कार्यक्रम प्रमुख अथिति कर्णाली प्रदेश सभा, सामाजिक विकास समितिको सभापति घनश्याम भन्डारीले ’संस्कार र संस्कृति विनाको समुदायको कल्पना गर्न नसकिने भएकोले दुल्लुको जीवित संस्कृति बचाउन स्थानीय पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले भने, ‘हामीले अहिले सम्म अरुका बारे अध्ययन गर्यौ तर आफनो ठाउँमा रहेको संस्कार संस्कृति बारे पढेनौ ।’ ‘हाम्रा संस्कृति र संस्कार के हुने कमलाई मात्र थाहा छ । अब यो स्थानीय पाठ्यक्रम आफनै संस्कार संस्कृति सिकाउने छ । एकातिर संस्कृति जगेर्ना हुनेछ भने अर्कोतिर ज्ञान् लिने छ’, उनले भने ।

त्यसैगरी प्रा. डा. मधुसूदन गिरीले नेपाली भाषा साहित्य, संस्कृति र इतिहाँसमा दुल्लुको महत्व र यसको संरक्षणमा स्थानीय पाठ्यक्रमको भूमिकाको बारेमा धारणा राखेका थिए भने ओम रिजालले पाठ्यक्रमको महत्व र स्थानीय रुपमा पाठ्यक्रम लागू भएपछि देखिन सक्ने सम्भावित चुनौती र निराकरणको बारेमा जानकारी दिएका थिए ।

नारायण तिमिल्सेनाले पाठ्यक्रमको उद्देश्य, आवश्यकता र विषयवस्तुको विषयमा जानकारी गराएका थिए । कार्यक्रमको अध्यक्ष दुल्लु नपाका उपप्रमुख बिना कार्कीले पालिका पाठ्यक्रम पूर्ण रुपमा लागू गर्ने यसले हाम्रो गौरव, इतिहास, संस्कार र संस्कृति संरक्षणमा स्थानीय पाठ्यक्रमले महत्वपू्र्ण भूमिका खेल्ने विश्वास लिएको बताईन । कार्यक्रममा दुल्लु नगरपालिका का ५४ आधारभूत र १४ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रम पौंष २६ र २७ गते दुल्लु नपाको हलमा सञ्चालन भएको छ ।

पाठ्यक्रम निर्माण गर्ने विज्ञ सम्मानित
दुल्लु नगरपालिकाले पाठ्यक्रम निर्माण गर्ने चार जना विज्ञहरुलाई शुक्रवार सम्मान गरेको छ । दुल्लु नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘हाम्रो संस्कृतिः हाम्रो परम्परा’ निर्माण गरेवापत चार जना बिषय विज्ञलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा, साहित्यकार दुल्लु न.पा.–७ निवासी डा. मधुसुदन गीरी, भैरवी गाउँपालिका–२ हुमेगाउ निवासी साहित्यकार ओम रिजाल, भैरबी गाउँपालिका–३ कोइराला निवासी लोक साहित्यका विज्ञ नारायण तिमिल्सेनालाई सम्मानित भएका हुन ।

स्थानीय पाठ्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा, निर्माण समितिको तिमिल्सेना संयोजक, भण्डारी र रिजाल सदस्य रहेका थिए । स्थानीय पाठ्यक्रमको प्रबोधिकरण कार्यक्रमको क्रममा सम्मानित गरिएको दुल्लु नगरपालिकाको उप–प्रमुख बिना कार्कीले जाकारी दिईन ।

दुल्लुमा स्थानीय पाठयक्रम बारे प्रबोधिकरण, बिषय बिज्ञ ४ जना सम्मानित

कर्णाली नदीमा विश्व किर्तिमानको कसरत, विश्वकै सबै

दुल्लुमा स्थानीय पाठयक्रम बारे प्रबोधिकरण, बिषय बिज्ञ ४ जना सम्मानित

YUGAAWHAN NATIONAL DAILY (2080-09-27)