कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकलबिच सम्झौता


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो नीजि अस्पतालबीच सम्झौता भएको छ । एक कार्यक्रमका बीच प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो नीजि तथा आधुनिक अस्पताल सनवे मेडिकल सेन्टर बीच मंगलबार महत्वपूर्ण सम्झौता भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति डा.मंगल रावल र सनवे मेडिकल हेल्थ केयर ग्रुपका तर्फबाट प्रेसिडेन्ट डा.लाउ बेन लोङ्गले हस्ताक्षर गरे ।

उक्त कार्यक्रममा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि ठूलो सहयोगी बन्ने बताए ।

यता प्रतिष्ठानका उपकुलपति डा.रावलका अनुसार सबैभन्दा दुर्गममा रहेको मेडिकल कलेजको विकासमा दुई स्वास्थ्य संस्थाबीचको सम्झौताले महत्वपूर्ण योगदान पुर्याउनेछ ।

उनले उच्चतम प्रविधिले मेडिकल कलेज विकासमा सहयोग पुग्नुका साथै प्रतिष्ठानका जनशक्ति र मलेसियाका जनशक्तिबीच एकआपसमा सहकार्यको हुने जनाए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकलबिच सम्झौता

शे–फोक्सुण्डोमा पर्यटक बढें

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकलबिच सम्झौता

जीर्ण काठे पुलमा यातायात गुड्नु पर्ने बाध्यता