भेरीबबई ड्राइभर्सनको मुआब्जा माग्दै संघर्ष समितिद्धारा नगर प्रमुखहरुको ध्यानाकर्षण

सुर्खेत  । दिलिप ढकाल
बहुउद्धेश्यीय भेरीबवई ड्राइभर्सनन आयोजनाबाट प्रभावित क्षेत्रका नागरिकहरुलाई जग्गाको मुआब्जा दिने भन्दै जग्गाको कारोवार, किनबेच रोक्का भएको दशकौसम्म मुआब्जा नपाएको भन्दै प्रभावित समुदायले स्थानीय तहका नगर प्रमुखअरुको ध्यानकर्षण गराएका छन् ।

मुआब्जा वितरणमा भएको ढिलाइका विषयमा सरोकार संघर्ष समितिले भेरिगंगा नगर प्रमुख यज्ञप्रसाद ढकाल र लेकवेशि नगरप्रमुख उमेशकुमार पौडेलसंग अन्तरक्रिया गर्दै ध्यानाकर्षण गराएको हो ।

राष्ट्रिय गौरबको आयोजना भेरीबबई ड्राइभर्सन आयोजनाबाट प्रभावित क्षेत्रका जग्गा धनीहरु लामो समयदेखि मुआब्जा पाउनबाट बञ्चित भएका भएको भन्दै चरणबद्ध कार्यक्रम अनुसार नगर प्रमुखको ध्यानकर्षण गराएको प्रभावित क्षेत्रका स्थानीय बिपी देवकोटाले बताए ।

राष्ट्रिय गौरबको आयोजनाबाट प्रभावित भेरीगंगाको साविक मैनतडा प्रभावित हुने क्षेत्रका जग्गाधनीहरु मुआब्जा अहिलेसम्म नपाएपछि आन्दोलत सूरु गरेको र पहिलो चरणमा स्थानीय सरकारलाई दवाव दिएको देवकोटाले बताएका छन् ।

आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भैसक्दा आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा हालसम्म पनि नदिएपछि मुआब्जा पाउनबाट जग्गाधनीहरू बन्चित भएका हुन् । भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकाका झन्डै एक सय २६ घरधुर मुआब्जा पाउनबाट वन्चित भएका छन् । मुआब्जा दिन आयोजनाले ढिलाई गरेपछि भेरीगंगा वडा नम्बर ८ र ९ का प्रभावित जग्गाधनीहरुले भेला गरी मुआब्जा पिडीत संघर्ष समिती गठन गरि पहिलो चरणमा स्थानीय सरकारसंग पहल गरिदिन दवाव दिएको हो ।

स्थानीय जयबहादुर सुनारको संयोजकत्वमा गठित उक्त समितीले भेरीबबई ड्राइभर्सन आयोजनाबाट मुआब्जामा भएको ढिलाईलका बिषयमा ध्यानाकर्षण एवं पहलका लागि भेरिगंगा नगरपालिकाका नगर प्रमुख ढकाल र लेकबेसी नगरपालिकाका नगर प्रमुख पौडेलसंग अन्तरक्रिया कार्यक्रम गर्दै पहल गरिदिन दवाव दिएको हो ।

मुआब्जा पिडीत जग्गा धनीहरूको भेलामा बोल्दै नगर प्रमुखहरुले मुआब्जा पाउने जनताको अधिकारलाई कसैले कुन्ठीत गर्न नहुने बताए । जनताका लागि हाम्रो अभियान निरन्तर जारी रहने र मुआब्जाका लागि आफूले जोडदार पहल गर्ने बताउदै आयोजनामा जनताले शेयर लगानीको पनि मुद्धा उठाउनु पर्ने बताएका थिए ।

भेरीबबई ड्राइभर्सनको मुआब्जा माग्दै संघर्ष समितिद्धारा नगर प्रमुखहरुको ध्यानाकर्षण

पाकिस्तानले टस जित्यो

भेरीबबई ड्राइभर्सनको मुआब्जा माग्दै संघर्ष समितिद्धारा नगर प्रमुखहरुको ध्यानाकर्षण

YUGAAWHAN NATIONAL DAILY (2080-05-24)