सेवा प्रवाहमा प्रभावकारिता ल्याउन व्यवस्थापन सर्वेक्षण गर्दै प्रदेश सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहतका कार्यालयहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण शुरु गरेको छ । उपयुक्त मानव संशाधन र यसको संरचनात्मक रुपरेखा निर्धारण गरि प्रदेश सरकार र यसका निकायहरुको सेवा प्रवाह र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले सर्वेक्षण सुरु गरिएको हो । उपयुक्त संरचनात्मक रुपरेखा तथा जनशक्तिको अभावले प्रदेश सरकारको सेवा प्रवाह र कार्य सम्पादन प्रभावकारितामा असर परेको भन्दै सर्वेक्षण गर्न लागिएको हो ।

सर्वेक्षण टोलीका सदस्य नेपाल सरकारका पूर्व सचिव डा. मुकुन्द पौडेलका अनुसार प्रदेश सरकारको सेवा प्रवाह र विकास निर्माणका कार्यहरुको प्रभावकारी सम्पादन गर्नका लागि आवश्यक पर्ने संगठन संरचना, जनशक्ति र त्यसको कार्य विवरण, प्राविधिक क्षमता तथा आर्थिक दायित्वको विश्लेषण गरी मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन पेश गरिनेछ । जसबाट प्रभावकारी कार्य सम्पादन, समावेशिता तथा संस्थागत पारदर्शिता प्रवद्र्धनका साथै संरचनागत सुधार हुने सदस्य पौडेलको भनाई छ ।

प्रदेश सरकार अन्तर्गतका निकायहरुको स्वीकृत कर्मचारी दरवन्दी दुई हजार ९ सय ३० रहेकोमा हाल झण्डै दुई हजार बढी कर्मचारी अभाव छ । कर्णालीमा हाल एघार सय कर्मचारी कार्यरत रहदा प्राविधिक जनशक्तिको चरम अभाव छ । प्रदेश निजामती सेवा ऐन नबन्दा दरबन्दी पूर्ति गर्न कानूनी अड्चन रहेको, हाल कायम जनशक्तिको प्रभावकारी व्यवस्थापनमा समस्या रहेको र कार्यरत कर्मचारीहरुमा संगठन, जिम्मेवारी र वृत्ति विकासका सम्बन्धमा अन्यौलता रहदा सेवा प्रवाहमा समस्या भईरहेको प्रदेश सरकारका मुख्य सचिव डा. गोपिकृष्ण खनालले बताए ।

प्रारम्भिक अध्ययनले प्राविधिक जनशक्तिमा जोड दिनुपर्ने र हाल स्वीकृत दरवन्दीभन्दा तीन सयदेखि चार सय थप जनशक्ति आवश्यक हुने देखिएको जनाईएको छ । सर्वेक्षणवाट प्राप्त खाका अनुसार प्रदेश सरकारले प्रदेश लोक सेवा मार्फत र करार प्रक्रियाद्वारा जनशक्ति पूर्ति गर्न सक्नेछ ।

सेवा प्रवाहमा प्रभावकारिता ल्याउन व्यवस्थापन सर्वेक्षण गर्दै प्रदेश सरकार

छायाँनाथ रारा नगरपालिकाको अभियान ‘एक मुख दश

सेवा प्रवाहमा प्रभावकारिता ल्याउन व्यवस्थापन सर्वेक्षण गर्दै प्रदेश सरकार

‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *