सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी सम्पर्क विहिन

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्क विहिन भएका छन् । न्यू बुलबुले अटो सेल्सका सञ्चालकसमेत रहेका भण्डारी केही दिनदेखि सम्पर्क विहिन भएका हुन् ।

भण्डारी चढ्ने गाडी इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीको नियन्त्रणमा रहेको छ । बिहीबार भण्डारीले प्रयोग गर्दै आएको बा १८ च ९८७५ नम्बरको गाडी कर्णाली चिसापानीस्थित सिद्वार्थ हाेटेलमा अज्ञात अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक टेकराज जोराले जानकारी दिए । निरिक्षक जोराका अनुसार भण्डारीले प्रयोग गर्दै आएको मोवाइल, गाडीको चावी लगायतका सामानहरु भेटिएका छन् ।

‘उहाँ चढ्ने गाडी केही दिन अघि सिद्वार्थ होटलमा भेटिएको थियो, उहाँका परिवार पनि हाम्रो सम्पर्कमा आउनु भएको छ,’ प्रहरी निरिक्षक जोराले भने, ‘उहाँको अवस्था हालसम्म पनि अज्ञात छ, हामीले उहाँको हुलिया काटेर खोजिका लागि सबै ठाउँमा खबर गरेका छौं ।’

यता सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलसमेत भण्डारीको खोजिमा पुगेका छन् । भण्डारीको खोजिका लागि कँडेल कन्चनपुर पुगेका छन् । महासचिव भण्डारी सम्पर्क विहिन हुनुको कारण खुल्न सकेको छैन ।

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी सम्पर्क विहिन

‘रेकर्ड ब्रेक’ गर्ने गरी बढ्यो गर्मी

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी सम्पर्क विहिन

YUGAAWHAN NATIONAL DAILY (2080-02-27)

Leave a comment

Your email address will not be published. Required fields are marked *