गुर्भाकोटमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर संचालन हुदै

दिलिप ढकाल
सुर्खेत ,११ फागुन ।
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर संचालन हुने भएको छ। विकलाङ्ग मित्र समूह,अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र काभ्रे र गुर्भाकोट नगरपालिकाको आयोजना तथा अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेत तथा साईनिङ्ग अस्पताल आई एन एफ पहुच तथा समाबेशी परियोजना सुर्खेतको समन्वयमा हुन लागेकाे हाे ।
फागुन १८ गते शारीरिक अपांगता परिक्षण घुम्ती शिविर संचालन हुन लागेको गुर्भाकोट नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश कुमार पुरीले जानकारी दिए ।

१८ बर्ष सम्मका शारीरिक अपांगता भएका बालबालिकाको स्वास्थ्य परिक्षण एवंम अपांगता पहिचानको लागी स्वास्थ्य तथा पनस्थापना घुम्ती शिविर संचान हुन लागेको हो। यहि फागुन १८ गते बिहान ९ बजे देखि दिउसो २ बजे सम्म मेहेलकुना अस्पतालमा घुम्ती शिविर संचालन हुने छ।






